Correspondent, ParbatNepal
7 years ago
1457
पर्वत
। पर्वतका कृषकहरुले यसवर्ष करिब छ करोडको सुन्तला बिक्री गरेका छन् । सुन्तला उत्पादनको
पकेट क्षेत्र जलजला–
१ बाँसखर्क, फलेवास नगरपालिका – १० कुर्घा र पाङराङ, मोदी गाउँपालिका – २ देउपुरमा
सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ ।
बाँसखर्कबाट
साढे २ करोड, देउपुरबाट १ करोड, फलेवास बाट साढे १ करोड र महाशिला गाउँपालिकाबाट १
करोडको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत वर्षको तुलनामा
सुन्तलाको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यसवर्ष कृषकहरुले राम्रो मुल्य पाएको
कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो । जलजला गाउँपालिका १ वाँसखर्कका
२६१ घर मध्ये दुई सय बढी घरपरिवारले व्यावसायिक रूपमै सुन्तला खेती गरेका छन ।
पछिल्ला
दुई दशकयता यहाँका किसानले अपनाएको व्यावसायीकरण, सुन्तलामा लाग्ने रोग किराको निदान,
उन्नत जातका बिरुवाको विस्तार लगायतका कारणले सुन्तला उत्पादन बर्षेनी बढ्दै गएको कृषक
भक्तबहादुर पाईजाले बताउनुभयो । अहिले बोटमै
१०० देखि १२० रुपैयाँ प्रतिकिलोको दरमा सुन्तला बिक्री भएको पाईजाले बताउनुभयो । देउपुरका
करिब ७० परिवारका किसानले व्यावसायिक सुन्तला उत्पादन गर्छन् । अघिल्ला वर्षहरूमा मंसिरमै
सुन्तला बिक्री गर्ने देउपुरका किसानले यो वर्ष माघको पहिलो सातामा मात्रै सुन्तला
टिपे । ‘ यो सिजनमा देउपुरबासीले ७० देखि ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको अगुवा
कृषक दाताराम चापागाईले जानकारी दिनुभयो । त्यस्तै फलेबास नगरपालिकाको पाङराङ, कुर्घा
लगायतबाट समेत करिब एक करोडको सुन्तला बिक्री भएको किसानहरूले बताएका छन् ।
पाङराङका
किसान ताराबहादुर मल्लका अनुसार कर्नास र पाङराङका करिब सय परिवारले व्यावसायिक रूपमा
सुन्तलाको खेती गर्दै आएका छन् । त्यस्तै महाशिला गाउँपालिका–२, ३ र ४ का भोक्सिङ,
पाखापानी र बालाकोटमा पनि यो वर्ष करिब एक करोडको सुन्तला उत्पादन भएको छ । भोक्सिङका
जितबहादुर गुरुङका अनुसार सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानहरूले सुन्तला उत्पादक
कृषि सहकारीसमेत स्थापना गरेका छन् । बाँसखर्कका किसानले बजारमारे सुन्तला उत्पादन
सहकारी र देउपुरका किसानले माछापुछ्रे सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन्
।
सहकारीको
आम्दानी बढाउन प्रतिकिलो २ देखि १० रुपैयाँ सहकारीका लागि छुट्याइने गरेको कृषकहरुले
बताए । त्यसबापत भएको आम्दानीबाट सुन्तला खेती विस्तार, आवश्यक मेसिन र उपकरण खरिद
तथा रोगकिरा विरुद्धको उपचारमा खर्च गर्दै आएका छन् । सुन्तलाको खेती विस्तार गर्न
चालु वर्षदेखि बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ । बाँसखर्कसहित म्याग्दी र बाग्लुङका
केही स्थानीय तह समेटिएको जोन इकाइ कार्यालय म्याग्दीका प्रमुख बमबहादुर थापाका अनुसार
बाँसखर्कमा सुन्तलाको खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि सुरु भएको छ । फलेवासको
पाङराङ र कुर्घा, मोदी गाउँपालिका २ देउपुर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको
पकेट क्षेत्रमा समेटिएका छन् ।
