Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1855




मनकारी मेयर – तलव–भत्ताको रकमले विद्यालयमा अक्षकोष स्थापना
मनकारी मेयर – तलव–भत्ताको रकमले विद्यालयमा अक्षकोष स्थापना

पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६४ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकत्सवको अवसरमा विभिन्न खेलकुद, पुरस्कार एवम् छात्रवृत्ती रकम वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले शैक्षिक विकासनै सामाजिक विकासको आधार भएको बताउनु भएको छ । शिक्षा विना कुनै पनि क्षेत्रको विकास सम्भब नहुने भन्दै उहाँले व्यक्ति शिक्षित भए मात्रै समाज पनि शिक्षित हुने धारणा राख्नुभएको थियो  । कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मेयर जोशीले अवको शिक्षा गुणस्तरिय शिक्षा आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यालयमा ७० हजार बरावरको अक्षकोष स्थापना गर्नुभएको छ ।

प्रथम नगर प्रमुख अक्षकोष नाम दिएको अक्षकोषवाट गरिव, जेहेन्दार विद्यार्थीलाई छात्रवृति हस्तान्तरण गरिने छ । राज्यकोषवाट प्राप्त तलबभत्ता नगरपालिकाको समृद्धि र विकास खर्च गर्ने उद्देश्यले अक्षकोष स्थापना गरिएको बताउँदै आगामी दिनमा अक्षकोषको रकमलाई थप गदै जाने धारणा राख्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका–२ का  वडाध्यक्ष यदुनाथ वास्तोला, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, पूर्व शिक्षक लेखनाथ शर्मा, दलित अगुवा सर्वे नेपाली, विद्यालय व्यवस्थापन समितिका सदस्य लालवहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक प्रतिवेदन शिक्षक गुप्तनिधी शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक बावुराम शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै वडा सदस्य कालीभक्त शर्मा र पूर्व शिक्षक कमलदास पौडेललाई सम्मान गरिएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)