Correspondent, ParbatNepal
7 years ago
1975
साजन परियार, पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकैमा सवारी चालकको स्वास्थ्य परिक्षण गरेको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले चालक स्वास्थ्य परिक्षण गर्न थालेको हो ।
चालकको स्वास्थ्य समस्याले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले यो अभियान थालेको हो । चालकहरुकै लापरबाहि तथा उनीहरुको शारीरिक अस्वस्थ्यताका कारण सवारी दुर्घटना बढिरहेको भन्दै प्रहरीले यो अभियान दशैभरि लागु गरेको छ । अभियान अन्तरगत जिल्ला ट्राफिक कार्यालय पर्वतले मंगलवार शिवालय चोकमा सवारी चालकको स्वास्थ्य परिक्षण गरेको छ ।
पोखरा बागलुङ सडक खण्डमा सवारी साधन चलाउने ९५ जना चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए । जसमध्ये १० जनामा उच्च रक्तचाप देखिएको र २ जनाको स्वास्थ्यमा सामान्य देखिएकाले उनीहरुलाई आवश्यक परामर्श दिई उपचारका लागि आग्रह गरिएको गौलीले बताए । साथै प्रहरीले समय समयमा यस्ता गर्ने बताएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौली र जिल्ला अस्पताल पर्वतका स्वास्थ्यकर्मीहरुको सक्रियतामा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
