Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2315




शहिद हरिदत्त तिवारीको स्मृतिमा शंकरपोखरीमा विभिन्न कार्यक्रम
शहिद हरिदत्त तिवारीको स्मृतिमा शंकरपोखरीमा विभिन्न कार्यक्रम

पर्वत नेपाल   पर्वत फलेवास नगरपालिका शंकपोखरीमा शहिद हरिदत्त तिवारीको स्मृति सभा कार्यक्रम बुधवार सम्पन्न भएको सामाजिक अगुवा, प्रजातान्त्रिक आन्दोलनका सेनानी शहिद तिवारीको स्मृतिमा हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरि दिवश मनाएको हो

दिवशको अवसरमा नगरपालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरिएको १३ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु प्रतियोगितामा भाग लिएकोमा भवानी बिद्यापिठ मावि खानीगाउँ पहिलो भएको जनसहयोगी मावि शंकरपोखरी दोस्रो, थापाठाना मावि तेस्रो अन्नपूर्ण मावि सान्त्वना भएको विजेताहरुले क्रमश हजार, हजार, हजार हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् त्यस्तै उत्कष्ठ बिद्यार्थीहरुलाई झोला शैक्षिक सामाग्री वितरण गरिएको भने बिद्यालय पोशाक पनि बितरण गरिएको दिवशको अवसरमा बालज्योती प्राविमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको

कार्यक्रममा बोल्दै शहिद हरिदत्त स्मृति प्रतिष्ठानका संरक्षक एवं नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले प्रतिष्ठानलाई राजनीतिक रुपमा नभई बिशुद्ध सामाजिक संस्थाको रुपमा हेर्न आग्रह गर्नुभयो स्वर्गिय हरिदत्त तिवारीले समाजकै हितमा काम गर्दै आएको अहिले पनि उहाँलाई समाजले समाजसेवीको रुपमै हेरेकाले संस्थालाई पनि सामाजिक रुपमै सञ्चालन गर्न सुझाव दिनुभयो उहाँले आफ्ना बुवाले लोकतान्त्रिक मुल्यमान्यताका खातिर समाजको परिवर्तनका खातिर आफ्नो जीवन उत्सर्ग गरेको बताउनुभयो

प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिवशर्मा अधिकारी, गैसस महासंघका महासचिव रामप्रसाद सुबेदीनेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटा, प्रेश यूनियन पर्वतका अध्यक्ष माया अधिकारी, पत्रकार संगठनका सचिव बैकुण्ठ गिरी लगायतले बोल्नुभएको थियो

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव नरबहादुर थापाले गर्नुभएको थियो कार्यक्रमलाई हरतरहले सहयोग गर्ने व्याक्ति पत्रकारहरुलाई संस्थाले सम्मान गरेको हरेक वर्ष माघ गते हुने कार्यक्रम यसवर्ष प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीका वुवाको निधन भएकाले मंगलवार गरिएको आयोजकले जनाएको

को हुन् हरिदत्त तिवारी

पर्वतको फलेवास नगरपालिका शंकरपोखरीका हरिदत्त तिवारी तत्कालिन लोकप्रिय काँग्रेस नेता थिए गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी यातयात पु¥याउन उहाँको ठुलो योगदान तत्कालिन बिद्रोही माओबादीले २०६१ माघ गते घर नजिकैको जंगलमा लगेर निर्मम तरिकाले हत्या गरेको थियो नेपाल सरकारले २०७४ माघ १९ गते तिवारीलाई शहिद घोषणा गरेको हो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)