Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1765




पाँच दिनदेखी अबरुद्ध मध्यमोदी आयोजनाको काम पुनःसञ्चालन
पाँच दिनदेखी अबरुद्ध मध्यमोदी आयोजनाको काम पुनःसञ्चालन

पर्वत नेपाल संवाददाता । स्थानीयको अवरोध पश्चात बन्द भएको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनःसञ्चालन भएको छ । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरूले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए । स्थानियको आन्दोलन पश्चात पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनःसञ्चालन आएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो ।

 मोदी गाँपालिका२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् । भूगर्भ्विद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।क्षति पुगेका तीन घरको पुनःनिर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)