Correspondent, ParbatNepal
7 years ago
2038
रोशन तिवारी,पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईका संयोजनमा यूएईमा बृहत भेला आयोजना गरिएको छ । फेबु्रअरी २८ देखि मार्च १ गतेसम्म भेला आयोजना गरिएको छ । भेलामा नेपालका प्रतिनिधी सहित यूरोप, खाडी मुलुकका प्रतिनिधी, कलाकारहरु र विभिन्न गैह्र आवासीय नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधी सहभागी हुने भएका छन् । पर्वतका साँसदहरु, जनप्रतिनिधी, पत्रकार, अन्तराष्ट्रिय पर्वत समाजमा आवद्ध गैह्र आवसीय नेपाली संस्थाका प्रतिनिधीहरु कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
अन्तराष्ट्रिय पर्वत समाजका यूरोप सचिव सागर सुबेदीका अनुसार कार्यक्रममा सहभागी हुनका लागि यूरोपेली मुलुकका प्रतिनिधीलाई पत्रचार गरिएको छ । ‘ अनौपचारिक रुपमा साथीहरु संग पनि मैले कुरा गर्दै छु । दुवईको भेलामा क्षेत्रगत रुपमा सहभागी हुन फेब्रुअरी ३ तारिक सम्म आधिकारिक जानकारी दिनुहुनेछ । उहाँले भन्नुभयो,’ निरन्तर रुपमा यूरोपियन मुलुकमा बस्ने जिम्मेवार पदाधिकारीहरुलाई सम्पर्क गर्ने र कार्यसमितिले दिएको जिम्मा अनुसार क्षेत्रीय उपाध्यक्षहरु संग निरन्तर कुरा गरिरहेको छु ।
दुवईमा फेबु्रअरी २८ र मार्च १ तारिखमा भेला हुँदैछ । पहिलो दिन भेला र दोस्रो दिन साँस्कृतिक कार्यक्रम, कलाकारहरुको प्रस्तुती पनि हुने जनाइएको छ । पर्वत समाज यूएईका अध्यक्ष परशुराम पौडेलले कार्यक्रमलाई सफल बनाउन युद्धस्तरमा काम गरिरहेको बताउनुभएको छ । सबै पदाधिकारीहरुले दिनरात खटेर काम गरिरहेको उहाँले बताउँदै पर्वतवाट निर्वाचित जनप्रतिनिधी, सामाजिक व्यक्तित्वहरुलाई कार्यक्रममा आउन भिषा पठाईसकेको जानकारी दिनुभयो ।
नेपालमा भिषा प्रक्रियाको सहजीकरण अन्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधी मुना भुषालले गरिरहनुभएको छ । भिषा प्रक्रिया, पाहुनाका लागि बसोबासका लागि होटलको व्यवस्था लगायतका तयारी पनि धमाधम भैरहेको छ । नेपाल, यूरोपियन मुलक र खाडी क्षेत्रमा गर्नुपर्ने सबै तयारीको समन्वय दु्रत तरिकाले भैरहेको अन्तराष्ट्रिय पर्वत समाजका सचिव मनि भुर्तेल बताउनुभयो । यूएईमा आउने पाहुनाहरुको लागि होटेल बुकिङ भईसकेको छ ।
टिकट वितरणको काम पनि भईरहेको छ । प्रचारप्रसारको काम पनि मिहेनतका साथ गरेको आयोजकले जनायो । प्रचारप्रसारका लागि मणिप्रसाद भुर्तेल,कमल लामिछाने ,राजु भुर्तेल र कोषाध्यक्ष विक्रम पौडेल सहतिको टोली खटिएको छ । कार्यक्रममा कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र वि।क, कृष्ण समिप सुवेदी र सुष्मा लोहनी लगायतका पर्वतेहरु कलाकार आउँदै हुनुहुन्छ । भिषाको प्रोसेसका लागि पर्वत समाज दुवईका सचिव तिलकप्रसाद सापकोटाले सहज र सुलभ रुपमा भिषा निकाल्न भूमिका खेल्नुभएको छ ।
अन्तराष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधी मुना भुसालले पर्वतका साँसदहरु, सातै स्थानीय तहका प्रमुखहरुलाई पत्रचार गरिसकिएको बताउनुभयो । जनप्रतिनिधी, सामाजिक अगुवा र पत्रकारहरुलाई कार्यक्रममा जानका लागि आवश्यक प्रक्रिया चलिरहेको र केहि दिनमा प्रक्रिया पुरा हुने उहाँले बताउनुभयो । कार्यक्रमलाई पर्वतका सरोकारवालाहरुले निकै महत्वका साथ लिएका छन् । बिदेशमा रहेका पर्वतेलीहरुलाई जिल्लाको विकासमा जोड्न भेला सफल हुने सबैको अपेक्षा रहेको छ ।
