Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1619




पर्वतका सबै गाउँमा टुजि र थ्रिजि ईण्टरनेट बिस्तार
पर्वतका सबै गाउँमा टुजि र थ्रिजि ईण्टरनेट बिस्तार

पर्वत नेपाल संवाददाता । नेपाल टेलिकम पर्वतले जिल्लाका दुर्गम गाउँसम्म टुजि र थ्रिजि सेवा बिस्तार गरेको छ । टेलिकमले बिटिएर टावर बनाएर ईण्टरनेट सेवा जिल्लाका सबै गाउँमा पु¥याईसकेको जानकारी दिएको छ ।

चालु वर्षको भदौ यता २० वटा टावर निर्माण गरिसकिएको नेपाल टेलिकम पर्वतले जनाएको छ । नेपाल टेलिकमको टावरले राम्रो संग काम नगर्ने र ईण्टरनेट चलाउन समस्या भएका कुनाकाप्चामा टावर थपिएको नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशवप्रसाद भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार यस्तो नयाँ प्रविधिको टावर पैयुँको हुवास, शालिग्राम, बालाकोट, थापाठाना, शंकरपोखरी, खानीगाउँ, पाङराङ, मुडिकुवामा बिस्तार भएको छ ।

यस्तै कुश्मा नगरपालिकाका पकुवा, पिपलटारी, गोदाम, दुर्लुङ र पाङमा टावर निर्माण गरिएको छ । जलजला ७ धाईरिङ, ६ शालिजा, मोदी गाउँपालिका २ पातिचौर, वार्ड नम्बर ६ गिज्यान, वार्ड नम्बर ४ क्याङ र ५ वाजुङ, वार्ड नम्बर १ भुकताङलेमा पनि जडान गरिएको छ । टावर बिस्तार गरिएको ठाउँमा राम्रो सेवा प्राप्त भएको स्थानीयबासिन्दाले बताएका छन् ।

पहिले मोवाईलमा टावर नटिप्ने समस्या रहेको ठाउँमा सहजै टावर टिपेको र द्रुत गतिमा थ्रिजी सेवा उपयोग गर्न पाएको सर्वसाधारण बताउँछन् । टेलिकमले कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी र जलजला गाउँपालिकाका बजार क्षेत्रमा एडिएसएल सेवा बिस्तार गरेको छ । ल्याण्डलाईन टेलिफोन नपुगेको ठाउँमा भने तार रहित वाईम्याक्स ईण्टरनेट बिस्तार गर्न सकिने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)