Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1576




बिष्णु परियारका हत्या आरोपी चार बर्षपछि प्रकाउ, नौ जना अझै फरार
बिष्णु परियारका हत्या आरोपी चार बर्षपछि प्रकाउ, नौ जना अझै फरार

पर्वत नेपाल संवाददाता । पर्वतको कुश्मामा एक महिलाको हत्याको आरोपमा एक अभियुक्त चार बर्षपछि पक्राउ परेका छन । बागलुङ्ग जिल्लाको साबिक तित्याङ गाउँ बिकास समिति वडा न ६ घर भई पर्वत कुश्मा नगरपालिका वडा न ८ भण्डारीटोलमा बस्ने ३० बर्षिया विष्णु परियारका हत्यारा चार बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

पर्सा जिल्लाको साविक तुल्सीबर्वा गाविस वडा न ५ हाल छिपहरमाई गाउँपालिका वडा न ४ वस्ने २३ बर्षिय राजा साह तेली भन्ने अकलेश साहलाई लुकिछिपि रहेको अवस्थामा वाग्लुङ बजारवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

छिपहरमाई गापा वडा न ४ वस्ने वर्ष अन्दाजी ४० को रामवावु साह तेली समेत ९ जना भने फरार रहेका छन । मृतक परियार २०७१ मंसिर २४ गते देखी वेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंसिर २७ गते साविक कुश्मा नगरपालिका वडा न ९, हाल वडा न.५ स्थित खोरीयापानीको जंगलमा मृत अबस्थामा फेला परेकी थिइन । मृतकका श्रीमान अर्जुन दर्जीले १० जनाका बिरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तिमध्येका मुख्य आरोपित तेली पक्राउ परेका हुन् ।

पक्राउ परेका तेलीलाई पर्वत जिल्ला अदालतवाट दिन १० को म्याद थपी अनुसन्धान गरिरहेको छ भने अन्य अभियुक्तहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)