Correspondent, ParbatNepal
7 years ago
1484
पर्वत
नेपाल संवाददाता । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदको हिउँदे अधिबेशनबाट
तीनै तहका सरकारका लागि आवश्यक कानुन बनिसक्ने दाबी गर्नुभएको छ ।
जिल्ला
समन्वय समिति पर्वतले आज आयोजना गरेको बार्षिक समिक्षा गोष्ठिमा बोल्दै तिमिल्सिनाले
कानुनको अभावले संघ, प्रदेश र स्थानीय सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्विकार्दै
कानुन निर्माणको काम धमाधम भैरहेको बताउनुभयो ।
अध्यक्ष
तिमिल्सिनाले कानुन नबन्दा अधिकारको विषयमा सरकारहरुका बिचमा द्धन्द जस्तो अवस्था देखिएको
बताउँदै यो अवस्थाको अन्त्यका लागि आफुहरु धमाधम कानुन बनाउने विषयमा गम्भिर तरिकाले
लागिपरेको स्पष्ट पार्नुभयो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्थानीय तहलाई
स्रोत सिर्जना गरि आन्तरिक आय बढाउन निर्देशन पनि दिनुभयो ।
केन्द्र
सरकार बाट अनुदान मात्रै अपेक्षा गर्ने तर आन्तरिक आय केहि पनि नबढाउने प्रबृतिले बिकास
संभव नभएको उहाँको भनाई छ । स्थानीय तहलाई दिर्घकालिन, अल्पकालिन र मध्यकालिन योजना
बनाएर काम गर्न उहाँको आग्रह छ । बिकास निर्माणका
काम गर्र्दा डुप्लिकेशन नहुने कुरामा सचेत रहन पनि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा
गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरणमन्त्री बिकास लम्सालले तिनै तहका सरकारका
बिचमा समन्वयको खाँचो रहेको बताउनुभयो ।
जनताले
तत्कालै बिकासको अपेक्षा गरेको बताउँदै लम्सालले बिकास तत्कालै प्राप्त हुन नसक्ने
भएकाले धैर्य रहन आग्रह गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सातै स्थानीय तहले आफ्नो
बार्षिक प्रगति सार्वजनिक गरेका छन् । स्थानीय तहका प्रमुखहरुले भवनको अभावका कारण
काम गर्न अप्ठ्यारो भएको, कर्मचारीको अभाव भएको, कानुन बाझिएका कारण समस्या भएको लगायतका
गुनासा गरेका छन् । उनीहरुले ससर्त अनुदान बढाउन पनि सुझाव दिए ।
जिल्लामा खाली भएका कार्यालय स्थानीय तहका लागि उपलब्ध गराउन पनि आग्रह गरिएको छ । कार्यक्रममा जिल्लाका सातै स्थानीय तहका प्रमुखहरु, प्रतिनिधीसभा सदस्य पदम गिरी,प्रदेश सभा सदस्य जुनादेबी नेपाली, जिल्ला न्याधिश सुर्यबहादुर थापा, नेकपाका नेता गोबिन्द पहाडी, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल लगायतले बोल्नुभएको थियो । उहाँहरुले पनि सरकारले जुन गतिमा काम गर्नुपथ्र्यो त्यो गतिमा नगरेको गुनासो गर्नुभयो । देशमा रहेका समस्या समाधानमा सबै सरकारहरुको समन्वयात्मक भूमिका हुनुपर्ने वक्ताहरुको जोड रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन समन्वय अधिकारी विष्णुप्रसाद भुसालले गर्नुभएको थियो ।
