Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1774




पिपलटारी लिफ्ट खानेपानी आयोजनाको शिलन्यास
पिपलटारी लिफ्ट खानेपानी आयोजनाको शिलन्यास

रोशन तिवारी माघ १९ पर्वत । पर्वतको कुश्मा नगरपालिका १०पिपलटारीका बासिन्दाको खानेपानीको समस्या हट्ने भएको छ । पिपलटारीमा लिफ्ट खानेपानी आयोजना शुरु भएपछि स्थानीयको खानेपानीको समस्या हट्ने भएको हो । सिल्मीमा रहेको छिपछिपे मुलको पानी टंकीमा संकलन गरि गाउँसम्म लिफ्ट मार्फत तान्ने तयारी स्वरुप आजबाट खानेपानी आयोजनाको औपचारिक निर्माण कार्य शुरु भएको छ । 

राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खानेपानी आयोजनाको शिलन्यास गर्नुभयो । खानेपानी आयोजनाको शिल्न्यास गर्दै तिमिल्सीनाले आयोजना निर्धारित समय अगावै सक्न निर्देशन दिनुभयो । आयोजना दुई वर्ष भित्रै सक्ने लक्ष्य छ । लक्ष्य भन्दा अगाडी नै आयोजना सम्पन्न गर्न निर्देशन दिँदै अध्यक्ष तिमिल्सीनाले स्थानीयको खानेपानीको समस्या टार्न यो आयोजना सफल हुने बताउनुभयो । 

अध्यक्ष तिमिल्सीनाले नेपालमा कुनै पनि विकासका आयोजना समयमै पुरा नहुने समस्या बढ्दै गएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो । देश विकासको दिशामा अगाडी नबढ्नुमा आयोजना लामो समय सम्म होल्ड हुनु प्रमुख कारण रहेको उहाँले बताउनुभयो । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत आयोजना निर्माण सम्पन्न हुन लागेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार आयोजनाको कुल लागत साढे ६ करोड रुपैयाँ रहेको छ । पिपलटारीका ३०० परिवार आयोजनाबाट लाभान्वित हुने जनाइएको छ । मुलदेखि १ हजार ९ सय ८० मिटरमाथी रहेको बस्तीसम्म पानी पु¥याउन ३ वटा टंकी निर्माण गरिने भएको छ । दुई स्टेजमा पानी पम्प गरेर गाउँसम्म पु¥याउन थालिएको डोटेलले बताउनुभयो ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)