Correspondent, ParbatNepal
8 years ago
1906
रोशन तिवारी
पुष २० पर्वत -
पर्वतको सदरमुकाम कुश्मा स्थित शिवालय माविमा पढ्ने लैला खातुनको उपचार खर्चको अभाव भएको छ । सहयोगीहरुले केहि रकम दिएर मृगौला र पित्तको पथ्थरीको अप्रेशन गरेपनि फलोअप जाँच गर्न समस्या भएको हो । अहिले पनि फलोअपका लागि अस्पताल आउजाउ गर्नुपर्ने रकम नहुँदा थप उपचारमा समस्या परेको लैलाका वुवा मोहम्मद अब्दूल रहमानले वताए ।
शिवालय दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको ४ महिना अगाडी पोखराको मणिपाल अस्पतालमा अप्रेशन गरिएको छ । ‘सहयोगीहरुले करिव ३० हजार सहयोग गरेका थिए त्यो खर्चले अलिअलि काम चल्यो अरु पैसा नहुँदा भिख माग्दै पनि हिँडे,’ रहमानले भने,‘अहिले मागेर पनि पैसा नहुँदा छोरीको उपचार गर्न समस्या भयो ।‘
शुरुमा अस्पतालले धरौटी स्वरुप १० हजार रुपैयाँ मागेपछि उनले १० हजार दिएको वताए । त्यसपछि औषधी , अप्रेशनका औजार, अस्पतालमा कुरुवा वस्दा र अन्य खर्च गर्दा उनलाई रकमको अभाव वढ्दै गयो । दाताले दिएको ३० हजार रुपैयाँ अस्पतालमै सकिएपछि उनलाई अहिले ८० हजार रुपैयाँ ऋण लागेको छ । उनलाई तत्कालका लागि केहि रकमको अभाव देखिएको छ । ‘कसैसंग ऋण माग्ने हैषियत सकियो रहमानले भने,’तत्कालका लागि ५० हजार रुपैयाँ कोहि मनकारी दिए छोरीको उपचार गर्न सहज हुने थियो ।‘
अहिले पोखरा आउजाउ गर्ने पैसा नहुँदा थप उपचारमा समस्या भएको रहमानले वताए । ‘डाक्टरले हप्ता हप्तामा वोलाउँछन् पैसा नभएर जान सकेको छैन, उनले भने । अप्रेशन गरेर पनि छोरीको व्यथा कम नभएको वुवा रहमानले वताए । ’अझै पत्थरी निख्रिएको छैन वेलावेलामा उपचारका लागि गईरहनुपर्छ वजारमा भिअख माग्दा पनि सहयोग पाईन‘ उनले भनेका छन् । सम्पत्तीको नाममा एउटी छोरी मात्रै छिन् । न उनको घर छ न खेतवारी । पहिले फुटपाथमा व्यापार गर्ने रहमानको छोरीलाई विमार भएपछि कमाईको वाटो वन्द भयो ।
उनकी छोरी लैला दृष्टिविहीन छिन् । १२ कक्षामा पढ्ने लैला विरामी भएपछि विद्यालय जान सकेकी छैनन । उनलाई रोग निको भए पढ्ने धोको छ । तर विगत एकवर्ष देखि उनलाई विद्यालय भन्दा ज्यानको चिन्ता छ । मृगौला र पित्तमा पत्थरी भएपछि उनी विद्यालय जान छोडेर उपचारमा हिँडेकी छिन् ।
