Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1675




‘परदेशमा झरेको फुल’ पुरस्कृत
‘परदेशमा झरेको फुल’ पुरस्कृत



माघ २० पर्वत । घर छाडेर बिदेश जानुको बाध्यतामा रहेका यूवा र बैदेशिक रोजगारले परिवारमा दिने तनावलाई समेटेर प्रकश भएको ‘परदेशमा झरेको फुल’ उपन्यासका रचयिता दिनेश भुसाललाई सम्मान गरिएको छ । जिल्लाको बिहादी गाउँपालिका ४ वहाकीठाँटीका यूवा साहित्यकार भुसाललाई हेम–सरस्वती प्रतिष्ठानले पुरस्कृत गरेको हो । 

भुसालको कृतिले वर्तमान यथार्थता र समाज बोलेको भन्दै उनलाई आगामी दिनमा थप सफलता प्राप्त होस भन्दै प्रतिष्ठानले सम्मान गरेको जनाएको छ । गैह्र आवासिय नेपाली संघको युरोप सहसंयोजक तथा भाषा साहित्य संयोजक गोबिन्दप्रसाद गौतमको परिवारले गठन गरेको हेम–सरस्वती प्रतिष्ठानले फलेबासमा शनिबार आयोजना गरेको साहित्यीक पुरस्कार बितरण ग¥यो । 

राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष गौतमले उपन्यासकार भुसाललाई १५ हजार नगद र सम्मानपत्र सहित पुरस्कृत गरेका हुन । भुसालले लेखेको उपन्यासले रोजगारीको खोजीमा मुग्लान पसेका युवाहरुको कथा ब्यथालाई समेटेका छन ।  

उक्त कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष गौतमले साहित्य प्रतिको अभिरुचीका कारण जन्मभूमिमा साहित्यसेवामा लाग्नेहरुलाई प्रोत्साहित गर्न र साहित्य क्षेत्रमा योगदान पु¥याउन प्रतिष्ठान गठन गरेको बताए । प्रतिष्ठानले पुरस्कारको राशी बढाउँदै जाने र हरेक बर्ष साहित्यीक कार्यक्रम गर्दै जाने बताउनुभयो । 

बरिष्ठ साहित्यकार तथा राष्ट्रिय सरलकवि शान्तिनारायण श्रेष्ठले पर्वतमा पछिल्लो समयमा साहित्यीक गतिबिधी कम हुँदै गएको बताउँदै यस्ता प्रतिष्ठानहरुले साहित्यको फाँटलाई हराभरा बनाउने बिश्वास ब्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा फलेबास नगरपालिका वडा नं ६ का अध्यक्ष भोलानाथ भुसाल, बरिष्ठ साहित्यकार जगन्नाथप्रसाद लम्साल, शिक्षाबिद् चेतनाथ कुवँर, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य शारदा शर्मा, पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष ठाकुरबि पौडेल, प्रेस चौतारी नेपालका निर्वतमान बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रगतिशिल लेखक संघका केन्द्रिय पार्षद अर्जुन निर्जन पौडेल, साहित्यकार याम ढुंगाना केसी, छोरी पढाउ अभियान्ता प्रेम बिश्वकर्मा, बिशाल पौडेल लगायतले रचनावाचन र साहित्यको बिकासका बारेमा धारणा राखेका थिए । कार्यक्रमको स्वागत एनआरएनए रसियाका अध्यक्ष रामेश्वर गौतमले र सञ्चालन पर्वत बहुमुखी क्याम्पसका प्रमुख खिलराज रेग्मीले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)