Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1470




रेडियो दिदिबहिनीद्धारा आयोजित महिला महोत्सवको तयारी पुरा
रेडियो दिदिबहिनीद्धारा आयोजित महिला महोत्सवको तयारी पुरा

पर्वत नेपालसंवाददाता पर्वतमा रेडियो दिदिबहिनीले आयोजना गरेको एघारौँ महिला महोत्सवको तयारी लगभग पुरा भएको

रेडियोले माघ २५ गतेबाट फागुन गतेसम्म आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको

सांस्कृतिक कार्यक्रम, भजन, रत्यौली, डान्स आईडल, खुल्ला दौड, ¥याली तथा झाँकी प्रतियोगिताको तयारी पुरा भएको खेलकुद अन्तर्गत दुई लाख पुरस्कार राशीको दिदिबहिनी कप महिला भलिवल प्रतियोगितामा विभागिय टोली सहित पश्चिमाञ्चल भलिवल संघ आयोजक रेडियो दिदिवहिनीको टोलीले सहभागिता जनाउन निवेदन दिएका छन्

महोत्सवको पहिलो दिन पर्वतबाट देशका विभिन्न बिशिष्ट पदमा पुगेका व्याक्तिलाई सम्मान गरिने भएको रेडियोकी अध्यक्ष कल्पना चापागाईले यसवर्षको महोत्सवमा आकर्षणको रुपमा नेपाली गितमा नाच्ने उँट समेत प्रदर्शनमा राख्न लागिएको बताउनुभयो

कला सस्कृतिको रक्षा, घरेलु बस्तुको प्रर्बदन सहित एकल महिला, अपाङ, जेष्ठ नागरिक, अनाथ बालबालिकालाई सहयोग सम्मान गर्ने तयारी भएको चापागाईले बताउनुभयो

 राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती पनि महोत्सवका आकर्षण रहेको उहाँले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)