Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1853




लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको स्थापना दिवशमा विभिन्न व्यक्ति सम्मानित
लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको  स्थापना दिवशमा विभिन्न व्यक्ति सम्मानित

पर्वत नेपालसंवाददाता । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको आठौँ स्थापना दिवशको अवसरमा क्लव स्थापना गर्ने र उत्प्रेरणा गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको छ ।

सामाजिक क्षेत्रमा कृयाशिल रहेको क्लवले क्लवलाई हरतरहमा सहयोग गर्ने र सामाजिक अभियानमा साथ दिने क्लवका बिशिष्ट व्याक्ति र संस्थापकहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पूर्व गर्भनर युक्तप्रसाद श्रेष्ठ, कोचिफ एडभाइजर काशीकुमार जोशी, सिनियर एडभाईजर बसन्तकुमार कर्माचार्य, डेपुटी चिफ लेखनाथ उपाध्यायलाई सम्मान गरिएको छ ।

क्लवका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुका अनुसार सम्मानित हुने अन्यमा  लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका पूर्व अध्यक्षहरु अजिता शर्मा, सरस्वती भण्डारी, वविता कर्माचार्य, चित्रकला शर्मा, रिता केसी भण्डारी, कलावती पुरी,र तुप्ला शाक्य रहनुभएको छ ।

यस्तै चार्डड सदस्य कमला पौडेल र पुष्पा शर्मालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा पूर्व गर्भनर युक्तप्रसाद श्रेष्ठ, कोचिफ एडभाइजर काशीकुमार जोशी, सिनियर एडभाईजर बसन्तकुमार कर्माचार्य, डेपुटी चिफ लेखनाथ उपाध्याय, रिजन चियर पर्सन तथा संस्थापक अध्यक्ष सरस्वती भण्डारी, जोन चियर पर्सन अजिता शर्मा, डिष्टिक मेम्वर वविता कर्माचार्य, बृज सिटिीका अध्यक्ष बिमल शर्मा पौडेल, लायन्स क्लव अफ मोदीकालीका अध्यक्ष गोविन्द सुबेदी लगायतले बोल्दै सामाजिक काममा लायन्स क्लवमा लागेर समाजको उत्तरदायित्व वहन गर्दा सकरात्मक उर्जा प्राप्त भैरहेको र आगामी दिनमा पनि झनै क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो ।

सम्मान कार्यक्रमले उर्जा प्राप्त भएको उहाँहरुले बताउनुभएको थियो । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुले क्लवको कृयाशिलता बढाउन संस्थापकहरु र उत्प्रेरण दिने व्याक्तित्वहरुको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

जिज्ञाशुको अध्यक्षतामा भएको कार्यक्रममा डाईरेक्टर कमला पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एलसिआई कोर्डिनेटर उषा चापागाईले गर्नुभएको थियो । ध्वजाको अभिवादन कोषाध्यक्ष प्रभारत्न जोशीले गर्नुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)