Correspondent, ParbatNepal
7 years ago
2453
पर्वत– पर्वत सेवा समाज नेपालले पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा फरक क्षमता भएका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोषक वितरण गरेको हो ।
विद्यार्थीहरुलाई पर्वत जिल्ला कुश्मा नगरपालिका–खुर्कोट घर भई हाल अमेरिका बस्दै आउनुभएका इन्दुराज रेग्मीको नेतृत्वमा संकलन गरेको आर्थिक सहयोग अभियानमा खुर्कोटका रोशन पौडेल, कुश्मा खरियाका सुनिल पौडेल, सुरज क्षेत्री, सुमन श्रेष्ठको आर्थिक सहयोग र पर्वत सेवा समाज नेपालको विशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री पाउनेमा कक्षा १२ मा अध्यायनरत छात्रा सिता नेपाली, कक्षा ११ मा अध्यायनरत छात्र कुशल अधिकारी, कक्षा १० मा अध्यायनरत सदिक्षा शर्मा तिवारी, कक्षा ७ मा अध्ययनरत छात्र अनिस नेपाली, कक्षा ६ मा अध्ययनरत सुरज लामिछाने, र कक्षा ४ मा अध्ययनरत अनुजा पौडेललाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त सामग्री विद्यालयमा आयोजित स्वर्ण महोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको छ । विद्यालयका विद्यार्थीलाई एक शैक्षिक अवधीभर पुग्ने गरि कापी, कलम,पोषक सहित सुईटर वितरण गरिएको पर्वत सेवा समाज नेपालका अध्यक्ष मुना भुषालले जानकारी दिनुभयो । विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष भुषालले बताउनु भयो ।
पर्वत सेवा समाज नेपाल अप्ठ्यारोमा परेका गरिव,दिन, दुखी, असाय र अपाङगता भएको व्यक्तिहरुलाई सहयोग गर्ने संस्था भएको बताउँदै संस्थाले पिछ्डिएको वर्ग समुदाय, र बाढि पहिरो पीडितलाई सहयोग गदै आएको जिकिर गर्नुभयो । अपाङगता भएकै कारण कोही बालबालिका शिक्षावाट बञ्चित हुन नदिने र अपाङगता भएको महशुस हुन नदिन शैक्षिक सामग्री वितरण बताउनु भयो । गरिव
तथा असहाय व्यक्तिहरुलाई सहयोग गदै सामजिक कार्यमा अग्रसर हुँदै आएको छ ।
संस्थाले यस अघि थुप्रै असहाय व्यक्तिहरुलाई सहयोग गदै आएको छ । संस्थाले स्थापना कालदेखी दुखी पीडित जनताको घाउमा मलम पट्टि लगाउने काम गदै आएको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् राजनितिज्ञ गणेश पौडेलले पर्वत सेवा समाज नेपालले उदाहणिय काम गरेको बताउनु भयो । उहाँले पर्वत सेवा समाज नेपालका काम नजिकवाट हेरेको बताउँदै संस्थाले दिन दुखी र असहायको क्षेत्रमा उदाहणिय काम गरेको बताउनु भयो ।
साथै पौडेलले आगमी दिनमा विद्यालयका अन्य बालबालिकालाई सहयोग गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा पर्वत सेवा समाज नेपालका सदस्य माधव पौडेलले संस्थाको वारेमा जानकारी दिँदै सहयोग संकलनका विषयमा बोल्नु भएको थियो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले उक्त संस्थालाई धन्यवाद दिएका थिए । उक्त संस्थाले यस अघि पनि विभिन्न गरिव,असहाय, पीडित तथा अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गदै आएको छ ।
अमेरिका बस्दै आएका इन्दुराज रेग्मीले शैक्षिक सामग्ी हस्तान्तरण पश्चात पर्वत नेपाललाई प्रतिक्रिया दिँदै आफुले विगत लामो समय देखी दिन, दुखी, गरिव र असहाय व्यक्तिहरुलाई सहयोग गदै आएको बताउँदै आगमी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले समाजसेवीले आत्म सन्तुष्टि प्रदान गर्ने बताउँदै आत्म सन्तुष्टिका लागि समाजसेवा गरेको बताउनु भयो ।
