Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1779




सरकारका कारण भष्टचार र बेतिथी बढ्यो : भट्टाराई
सरकारका कारण भष्टचार र बेतिथी बढ्यो : भट्टाराई

फागुन पर्वत नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार बेथिती बढ्दै गएको टिप्पणी गर्नुभयो पार्टिले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा आज पर्वतको कुश्मामा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भष्ट्रचार नियन्त्रण गर्ने निकाय राजनीतिक छायाँमा परेको बताउनुभयो

उहाँले मुलुकमा चरम भष्ट्रचार बढेका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो मुलुकमा अहिले नीतिगत भष्ट्रचार बढि मात्रामा बढेकोमा भट्टराईले चिन्ता व्यक्त गर्नुभयो वाईडबडि काण्ड, एनसेल काण्ड, बुढिगण्डकी काण्ड जस्ता भष्ट्रचार नीतिगत भष्ट्रचारको पछिल्ला उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता भट्टराइले कम्यूनिष्ट नेतृत्व सत्तामा पुगेपछि जनताका मुद्धा भुलेको आरोप लगाउनुभयो सत्तामा टाँसिएपछि कमाउन रमाउन मात्रै नेताहरु केन्द्रित भएको उहाँको आरोप वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल जस्तै देखिएको भट्टराईले तर्क गर्नुभयो काँग्रेसले पनि जनसवालमा आवाज उठाउन नसकेको भट्टराईले बताउनुभयो

पहाडलाई मधेश संग मधेशलाई पहाड संग जोड्न आफुहरु जनसंवाद यात्रामा निस्किएको बताउँदै भट्टराईले मुलुकको समृद्धिका लागि एकले अर्काको अस्तित्व स्विकार्नुपर्नेमा जोड दिनुभयो जनसंवाद यात्रा अन्तर्गत १९ दिनको कार्यक्रम पर्वतमा सम्पन्न भएको हो पर्वत पछि आज नै बागलुङमा पनि कार्यक्रम गर्ने जनशक्ति पार्टिको तयारी

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)