Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1535




पर्वतको मोदीबेनीवाट २ सय बर्ष पुराना शालिग्राम चोरी
पर्वतको मोदीबेनीवाट २ सय बर्ष पुराना शालिग्राम चोरी

पर्वत , फागुन पर्वतको मोदीबेनीमा रहेका नृृसिँह मन्दिरमा संग्रह गरेर राखिएको शालिग्राम शिला चोरी भएका छन् मन्दिरमा संग्रह गरेर राखिएका करिव सय वर्ष पुराना शालिग्राम शिला चोरी भएका हुन् हिजो राती मन्दिरको मुल गेटको ताल्चा काटेर मन्दिरमा राखिएका ४२ वटा प्राचिन शालिग्राम शिला अज्ञात समूहले चोरेर लगेको नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष गोपालदास पौडेलले जानकारी दिनुभयो

 कालीगण्डकी नदी किनारमा पाईने शालिग्राम शिला उक्त मन्दिरमा संग्रह गरेर राखिएको थियो विसं १८९० सालमा बनाइएको नृसिँह मन्दिरमा त्यतिबेला देखि नै शालिग्राम शिला राखिएको ईतिहाँस मन्दिरमा एक सय ग्राम देखि पाँचसय ग्राम सम्मका सानाठुला शालिग्राम शिला राखिएको थियो पूजाआजाका लागि बिहान बजे पुजारी टिकाराम बैरागीले ढोका खोल्न जाँदा ढोका खुल्ला देखेपछि चोरी भएको थाहा भएको हो

शालिग्राम शिलाभित्र सुन, हिरा जस्ता बहुमुल्य धातु भेटिने विश्वास गरिन्छ शालिग्रामलाई हिन्दु धर्मावलम्वीले विष्णुको अवतारको रुपमा पनि पूजाआजा गर्छन् भारतका विभिन्न शहरमा शालीग्राम शिला महंगो मुल्यमा बिक्री हुने गरेको मंहगो मुल्यमा बिक्री हुने लोभले चोरले शिला चोरेको हुन सक्ने अनुमान गरिएको मोदीबेनी धामका अध्यक्ष केशवदास बैरागीले बताउनुभयो

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चोरी भएको स्थलको अवलोकनपछि प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको बताउनुभयो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)