Correspondent, ParbatNepal
7 years ago
2220
पर्वत फागुन ६, पर्वत । पर्वत– आफ्नो स्थापना दिवसको अवसरमा पुन युवा क्लवले आयोजना गर्न लागेको मगर महोत्सवको तयारी पुरा भएको छ । फागुन ७ गतेवाट १५ गतेसम्म संचालन हुने महोत्सवको मिति नजिकिदै जाँदा पुरा भएको हो ।
‘कला र संस्कृतिको जर्गेना गरौँ, समृद्धिको लागि पर्यटनको प्रवद्धन गरौँ’ भन्ने नारा लिएर हुन लागेको महोत्सवले स्थानिय स्तरमा उत्पादित कृषिजन्य बस्तुको पूर्वद्धन, सम्भावित पर्यटकीय क्षेत्रको पहिचान, कला साँस्कृतिक जर्गेना र सूचना प्रविधिको समयानुकूल प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
साथै महोत्सवमा मगर साँस्कृतिक छल्कने साँस्कृति नाचगान, राष्ट्रिय कलाकारको बेजोड साँगितिक प्रस्तुती, विभिन्न खेलकुद प्रतियोगिता, डान्स आईडल र रमाईलो मेला लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गुरुङले गर्नेहुनुभएको छ । मेलामा १ सय ५० वटा स्टल रहने छन् ।
