Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1873




जवरजस्ती करणीको आरोपमा दुई भारतीय प्रकाउ
जवरजस्ती करणीको आरोपमा दुई भारतीय प्रकाउ

फागुन ६, पर्वत । जवरजस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कुश्मा नगरपालिका–६ न्यूरोड बस्ने भारत विहार प्रदेश मोतिहारी जिल्लाका २९ बर्षिय आलोक शाह र सोही स्थानका ३३ बर्षिय अजय गुप्ता रहेका छन् ।

फागुन ४ गते  राति एक महिलालाई पदक पदार्थ सेवन गराई पटक–पटक जवरजस्ती करणी गरेको प्रहरीको भनाई छ । प्रकाउ परेकालाई जिल्ला अदालतवाट योनजन्य प्रकृतिका अपराध अन्र्तगत करणी सम्वन्धी कसुर मुद्धामा अनुसन्धानका लागि ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)