Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1729




निशुल्क जग्गा प्रदान गर्नेलाई सम्मान
निशुल्क जग्गा प्रदान गर्नेलाई सम्मान

फागुन ६, पर्वत । प्रहरीलाई निशुल्क जग्गा दान गर्ने पर्वतका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सम्मान गरेको छ ।

भवन निर्माणका लागि ईलाका प्रहरी कार्यालय बाच्छालाई निःशुल्क जग्गा प्रदान गर्ने बिहादी गाउँपालिका–१ बाच्छाका भोला शर्मालाई प्रहरीले सम्मान गरेको हो । शर्मा साविक बाच्छा गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

शर्माले सात आना तिन पैसा दुई दाम बरावरको जग्गाको लालपुजाको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय पर्वतलाई हस्तान्तरण गर्नुभएको छ । साथै उहाँले यस अघि पनि ३ रोपनी १ आना जग्गा सोही चौकीलाई प्रदान गर्नुभएको थियो ।

जल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले यस्तो सहयोगले प्रहरी समाजप्रति कर्मशिल भएर लाग्ने प्रेरण मिलेको बताउनु भयो र 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)