Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1451




पर्वतको उराममा ट्याक्टर दुर्घटना–दुईजनाको मृत्यु
पर्वतको उराममा ट्याक्टर दुर्घटना–दुईजनाको मृत्यु

फागुन ७, पर्वत ।  पर्वतको विहादी गाउँपालिका वडा नं। ५ उराममा ट्याक्टर दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ । 

ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा मंगलवार दिउँसो दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटना स्थलमै र केसीको उपचारका क्रममा स्याङजा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ट्याक्टरका चालक भने सकुसल रहेको र अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । 

सडकको छेउको जमिन भासिएका कारण दुर्घटना भएको स्थानीय बलराम केसीले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको पर्वतका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)