Correspondent, ParbatNepal
7 years ago
2456
पर्वत । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माबिको वार्षिकोत्सव मनाएर बिद्याथी, शिक्षक र अभिभावक बोकेर फर्किँदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा सोहि बिद्यालयमा पढ्ने १२ वर्षिय ज्योती पुन, १५ वर्षिय प्रियंका पुन, १३ वर्षिय एलिना पुन र ३१ वर्षिय शिक्षक तुलसी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । जीप सडकबाट १ किलोमिटर तल खसेको थियो । साँझ ६ः३० बजे जीप दुर्घटना भएको जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते हुने सबै ११ जना जैमिनी नगरपालिका –८ छिस्तीकै रहेका छन् । घाईते हुनेहरुमा ३० वर्षिय धना श्रीस, १६ वर्षिय विष्णा श्रीस, १५ वर्षिय तृष्णा पुन, १३ वर्षिय बिशाल परियार, १२ वर्षिय सविना थापा, ५० वर्षिय नन्दकली श्रीस, ५८ वर्षिय मानकुमारी थापा, १२ वर्षिय निर्मल पुन, १२ वर्षिय पूजा पुन, १६ वर्षिय संगम श्रीस र १२ वर्षिय संझना पुन रहेका छन् ।
यसैबिच पर्वतको बिहादी गाउँपालिका – ५ उरामपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो साँझ ध १ च ३१५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्टरका सहचालक विक्कु केसीको मृत्यु भएको हो ।
