Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1905




मोदीवेनीमा लायन्स क्लवद्धारा सामाग्री वितरण
मोदीवेनीमा लायन्स क्लवद्धारा सामाग्री वितरण


रोशन तिवारी

पुष २१ पर्वत -


पर्वतको मोदीवेनी दिव्यधाममा जाडो मौसमका लागि सोलार वाटर हिटर, वाटा टंकि र स्ट्याण्ड वितरण गरिएको छ । शुक्रवार मोदीवेनी दिव्यधाममा आयोजित कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि १ का संयोजक अरुण गिरीले वुवा तुलसी गिरी र श्रीमती अनुजा गिरीको जन्मोत्सवको अवसर पारेर ति सामाग्री वितरण गर्नुभएको हो । 


मोदीवेनी दिव्यधामका जेष्ठ नागरिकका लागि १ लाख १० हजार वरावरका सामाग्री गिरीले हस्तान्तरण गर्नुभएको जनाइएको छ । उक्त अवसरमा लायन्स कलव ईन्टरनेशनल डिष्टिक ३२५ वि १ नेपालका चियर पर्सन वावुराम अधिकारी कार्यक्रम संयोजक अरुण गिरीले नृसिँहधमा मोदीवेनीका अध्यक्ष गोपालदास वैरागीलाई सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँहरुले सामानहरुको हिफाजत गर्न र आगामी दिनमा पनि सहयोगका लागि सम्झाउन आग्रह गर्नुभयो । 


केहि दिन अगाडी खाद्यन्न र लत्ताकपडा सहयोग गरेको सोहि समुहले आज पनि सहयोग गरेको हो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका उपमन्त्री पिताम्वर अधिकारी, कुश्मा नगरपालिकाका ईन्जिनियर आशिष श्रेष्ठ, सत्संग भवन निर्माण समितिका अध्यक्ष खुमराज पराजुली, शालग्राम महायज्ञका संयोजक कृष्णप्रसाद लम्साल, नृसिँहधाम पुस्तकालयका अध्यक्ष युवनाथ गौँडेल रेग्मी लगायतले सहयोगदाताहरुलाई धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । 


मोदीवेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष केशवदास वैरागीले मोदीवेनीको ऐतिहासिक महत्वको वारेमा प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत केदार ढकालले गर्नुृभएको थियो भने कार्यक्रमको सञ्चालन धनश्याम रिजालले गर्नुभएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)