Correspondent, ParbatNepal
7 years ago
1528
पर्वत
। गरिमा विकास बैंकले साक्षरता अभियान अन्तरगत बुधवार नाटक प्रर्दशन गरेको छ । मगर महोत्सवको
अवसर पारेर वडागाउँमा नाटक आयोजना गरिएको थियो ।
नाटकमा
युवाहरुलाई स्वदेशमै स्वभालम्वी बनाउन तथा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले
नाटक प्रर्दशन गरिएको थियो । साथै कार्यक्रममा गरिका विकास बैंकले प्रदान गर्ने सेवा
सुविधा, बैंकिङ तथा बचतको महत्व, आश्वा प्रणाली, एटीएम कार्डको प्रयोग, मोबाइल बैंकिङ
तथा अनलाइन बंैकिङको उपयोगिता तथा प्रयोग, जाली नोट चिन्ने प्रविधिबारे जानकारी गराएको
गरिमा विकास बैकका प्रमुख प्रेम नारायण अर्यालले जानकारी दिनुभयो ।
३०
मिनेटसम्म संचालन गरिएको नाटकको रचनाकार तथा निर्देशक कृष्ण रेग्मीले गर्नुभएको थियो
भने, सम्पादन नविन प्याकुरेलले गर्नुभएको थियो । नाटकममा प्रर्दशनमा कृष्ण रेग्मी,
प्रेम नारायण अर्याल, अरविन अर्याल, कविता सुवेदी, उषा सुवेदी, अस्मीता केसीले लगायतका
कर्मचारीले कलाकारको भूमिका निर्वाह गरेका थिए ।
सामाजिक
उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्रममा गरिमा
विकास बैंकले विभिन्न विद्यालय, कलेज, ग्रामीण क्षेत्रका विभिन्न महिला समूह, शिक्षाको
पहुँच कम भएका क्षेत्रका युवा वर्गलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रम सञ्चालन गर्दै
आएको छ ।
यसका साथै बैंकले यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै जाने उल्लेख गरेको छ । नाटकद्धारा साक्षरता अभियान थालेको यो पहिलो पटक हो ।
https://www.facebook.com/premkishor.aryal/videos/2514763678594958/
