Correspondent, ParbatNepal
7 years ago
1540
फागुन ११ पर्वत । गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले शिक्षामा आमुल परिर्वतनको खाँचो रहेको बताउनुभएको छ । पर्वतको बिहादी गाउँपालिका –६ स्थित शालीग्राम माबिको ४६ औँ बार्षिकोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो । परम्परागत शिक्षा प्रणालीले शैक्षिक बेरोजगार मात्रै जन्मिएको बताउँदै लम्सालले अव प्रविधियुक्त र व्यवहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा लिएपछि रोजगारी पाउने ग्यारेण्टी नहुँदा यूवाहरु बिदेश पलयान भैरहने कारण देशको बिकास हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकार परम्परागत शिक्षालाई रुपान्तरण गर्ने योजनामा रहेको मन्त्री लम्सालले जानकारी दिनुभयो ।
उहाँले शिक्षा प्रणालीको सुधारमा स्थानिय स्तर बाट पनि अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिनुभयो । अर्को प्रसंगमा बोल्दै मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनको खानी रहेको उल्लेख गर्दै गण्डकी प्रदेशले पर्यटकिय संभवना रहेका क्षेत्रको पूर्वाधार बिकास गरि सन् २०२२ सम्म २० लाख पर्यटकहरुलाई स्वागत गर्न सफल हुने बताउनुभयो ।
पर्वत क्षेत्र नं. २ का साँसद समेत रहनुभएका लम्सालले अबको तिन बर्ष भित्र १५० किलोमिटर सडक कालोपत्रे गरेरै छाड्ने ठोकुवा गर्नुभयो । फलेवास—लुंखु हुदै हुवास,चिसापानी—वहाकीभञ्ज्याङ—पोखरीचौर हुदै खहरेखोला सडक, घोइनाउला—फलेवास ढिक सडक र फलेवास—कार्कीनेटा लगायतका सडक खण्डहरु अबको तिन बर्ष भित्रमा कालोपत्रे गरिसक्ने गरि काम अगाडि बढेको उहाँको भनाई थियो ।
पर्वत क्षेत्र नं. २ मा मुडिकुवा देखि लमायखोला सडक खण्डको ७.५ किलोमिटर सडक बाहेक अरु कालोपत्रे हुन सकिरहेको छैन् । यस बर्ष डेन्डरमा परेका सडकहरुको काम यसै बर्ष देखिनै शुरु हुने र बाकीँ सडकहरुको लागि आगामी प्रदेश सरकारको बजेटमा समावेश गरी डेन्डर प्रक्रियामा लैजाने मन्त्री लम्साललको भनाई थियो ।
