Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1545




पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : हेलिकोप्टरमा आगो बलिरहेको छ ।
पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : हेलिकोप्टरमा आगो बलिरहेको छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्री  अधिकारी सहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको जनाइएको छ । पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुगंका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना सवार भए पनि थप विबरण भने अझै आइसकेको छैन । दुर्घटना स्थलमा सुरक्षाकर्मी पुग्नै लागेको बताइएको छ । स्थानीयले दिएको जानकारी अनुसार हेलिकोप्टर रुखमा अड्किएर जलिरहेको छ । अहिले पनि हेलिकोप्टरमा आगो बलिरहेको स्थानीयले बताए । गाउँलेहरु घटनास्थलमा पुगेपनि सुरक्षाकर्मीहरु पुगेका छैनन । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)