Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1467




दुखद खबर पर्यटनमन्त्री सहित सातै जनाको मृत्यु
दुखद खबर पर्यटनमन्त्री सहित सातै जनाको मृत्यु

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर श्रेष्ठसहित सात जनाको मृत्यु भएको हो ।

हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका थिए ।

पर्यटनमन्त्रीसहितको टोली तेह्रथुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)