Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1548




पर्वत नेपालले यूएई भेलाको प्रत्यक्ष प्रसारण गर्ने
पर्वत नेपालले यूएई भेलाको प्रत्यक्ष प्रसारण गर्ने

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको संयोजनमा दुवईमा हुने भेलाको सबै जानकारी पर्बतनेपाल  डट कम को वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसरण गर्ने भएको छ । युएईमा भेला भएका सबै पर्वत संग सम्बन्धित व्याक्तिहरुको अन्तरवार्ता समेत प्रसारण गर्ने पनि जनाइएको छ । 

हामीलाई  https://www.facebook.com/parbatnepaldotcom/ फेसबुक पेज लाईक गरि लाईभ प्रसारण हेर्न र सुन्न सक्नुहुन्छ । 

फेब्रुअरी २८ र मार्च १ तारिख को दिन दुवईमा हुने बृहत भेला र सांस्कृतिक कार्यक्रममा विश्वभरि रहेका पर्वतेहरु भेलामा सहभागी भएका छन् । 

पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी,नेकपाका नेता गोबिन्द पहाडी, जललजला गाउँपालिका ८ नाग्लीवाङका वडाध्यक्ष हरिविकास जिसी, मोदी ६ का वडाध्यक्ष विमल लामिछाने,लोकगायक बिमलराज क्षेत्री, कृष्ण समिप सुबेदी, बिद्यार्थी नेता आरसी पौडेल, यूवा व्यवसायी विप्लव हमाल, पर्वत सेवा समाज नेपालकी प्रतिनिधी मुना भुसाल, पत्रकार साजन परियार सहितको एक दर्जन प्रतिनिधी दुवई आइपुगेका छन् भने फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा  सहितको टोली भोली सम्म दुवई जाने जनाइएको छ ।

त्यस्तै अन्तरास्ट्रिय पर्बत समाजका सदस्य सस्था ९  र प्रतिनिधि सस्था १४ गरि २३ देशका पर्वतेहरुका साथै संस्थाका केन्द्रिय संरक्षक, सल्लाहकार र केन्द्रिय समितिको उल्लेखय उपस्थिति रहने बताइएको छ । साथै नेपालबाट जनप्रतिनिधी, व्यवसायी, पत्रकार लगायत पञ्चासे परियोजनाको टिमको समेत सहभागिता छ ।


दुबै (UAE )मा हुन लागेको अन्तरास्ट्रिय पर्बत समाज को भेलामा सहभागी हुन आउनु भएका अतिथिहरुलाई स्वागत गर्दै

Posted by ParbatNepal.com on Tuesday, 26 February 2019
na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)