Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1517




यौनहिँसाको आरोपमा फलेवासका प्रधानाध्यापकलाई कैद सजायँ
यौनहिँसाको आरोपमा फलेवासका प्रधानाध्यापकलाई कैद सजायँ

फागुन १६ पर्वत । पर्वतको एक बिद्यालयका प्रधानाध्यापकलाई यौन दुव्र्यवहारको आरोपमा ५ वर्ष कैद सुनाईएको छ । जिल्लाको फलेवास नगरपालिका –६ देवीस्थानका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो । पौडेलमाथी आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोप थियो । 

बुधबार जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको इजलासले पौडेललाई ५ बर्ष कैद सजायको फैसला सुनाएको हो । ५० वर्षीय प्रधानाध्यापक पौडेलले ७ वर्षिया दुई बालिका, १० बर्षिया एक बालिका र १२ वर्षिया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गत वर्ष ६ साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्रिएको थियो । बालिकाहरुले घरमा अभिभावकलाई प्रधानाध्यापकले दुव्र्यवहार गरेको बताएपछि पीडित बालिकाहरुका अभिभावकहरुले उजुरी दिएपछि प्रहरीले पौडेललाई गिरफ्तार गरेको थियो । 

आरोपित पौडेल लाई गिरफ्तार गरेको ९ महिनापछि कैद सजायको फैसला गरेको छ । सात बर्षिया बालिकालाई यौन अपराध गरेको हकमा ५ बर्ष र सो भन्दा माथिल्लो उमेरका बालिकाहरुलाई अपराध गरेको कसुरमा ४ बर्ष अधिकतम् कैद सजाय हुने गरी अदालतले फैसला गरेको हो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)