Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1813




कहाँ हराए पर्वतका एकसय ५४ महिला र बालबालिका
कहाँ हराए पर्वतका एकसय ५४ महिला र बालबालिका


फागुन १६ पर्वत

पर्वतमा महिला बालबालिका हराउने क्रम बढेको जिल्ला प्रहरी कार्यालयका अनुसार १७ महिनाको अवधिमा पर्वतमा एक सय ५४ महिला तथा बालबालिका हराएका छन्

आर्थिक वर्ष २०७४÷७५ मा ९८ महिला बालबालिका हराएका छन् चालु आर्थिक बर्षमा साउन देखि यता सात महिनाको अवधिमा मात्रै ५६ महिला तथा बालबालिका हराएका छन्

प्रहरी निरिक्षिक रविन्द्रकुमार श्रेष्ठका अनुसार जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रमिक रुपमा बृद्धि हुँदै गएको देखिएको गत आर्थिक बर्षमा हराएका ९८ महिला तथा बालबालिका मध्ये १० जना सम्पर्कमा आएका छैनन् भने अन्य परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेको प्रहरी तथ्याङ्क

त्यस्तै चालु आर्थिक बर्षमा हालसम्म हराएका २८ महिला मध्ये १५ जना सम्पर्कमा आइसकेका छन् भने १३ जना अझै फेला परेका छैनन् त्यसै गरी हराएका चार बालक २४ बालिका गरी २८ बालबालिका मध्ये दुई बालक फेला परेका छन् भने दुई अझै सम्पर्कमा आएका छैनन्

२४ बालिका मध्ये २२ बालिकाहरु सम्पर्कमा आएका छन् भने दुई जना अझै सम्पर्कमा नआएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो हराउने बालिकाहरु मध्ये केहीले भागेर आफै बिहे गर्ने गरेको पाइएको वर्तमान कानुनले १८ बर्ष उमेर समुहकालाई बालबालिकाको सूचीमा राखिएको १८ बर्ष उमेर नपुग्दै प्रेम विवाह तथा भागि विवाह गर्ने गरेकाले संख्या बढ्दै गएको प्रहरीले जनाएको

सामाजिक सञ्जालको दुरूपयोगले समेत बालिकाहरु प्रभावित बनेर परिवारलाई जानकारी नै नदिई घर छाडेर हिड्ने गरेको प्रहरीको तथ्याङ्क । हराएका महिलाहरु मध्ये पनि अधिकांश महिलाहरु श्रीमान् घरमा नभएको अवस्थामा दोश्रो विवाह गर्ने सम्पर्कमा नआउने गरेका छन् बैदेशिक रोजगारका शिलशिलामा श्रीमान् विदेश जाँदा घरमा रहेकी श्रीमती अर्कै परपुरुष सँग सम्बन्ध बढाएर गएको समेत तथ्याङ्क

प्रहरीले उजुरी प्राप्त हँुदा साथ मातहतका सवै प्रहरी युनिटहरुमा सर्कुलर गर्ने हराएका तथा हराएर फेला परेका व्यक्तिहरु अद्याबधिक गर्ने कार्य शुरु गरेको विगतका बर्षहरुमा प्रहरीमा हराएको मात्रै उजुरी पर्ने तर फेला परेपछि कुनै जानकारी प्राप्त नहुने भएपछि तथ्याङ्क अद्यावधिक हुन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो

हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले अहिले हराएर फेला परेका व्यक्तिहरुको मुचुल्का नै तयार गरेर परिवारलाई जिम्मा लगाउने तथ्याङ्क पुनरावलोकन गर्ने गरेको उहाँले बताउनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)