Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1699




माटेदेवल माविको बार्षिकोत्सवमा विभिन्न कार्यक्रम
माटेदेवल माविको बार्षिकोत्सवमा विभिन्न कार्यक्रम

रोशन तिवारी फागुन १८ पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माविको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिबश समारोह शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालयले बार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृति बितरण, शिक्षक र अभिभावकहरुलाई सम्मान गरेको छ ।

बिद्यालयको बार्षिकोत्सवको उद्घाटन गर्दै वडाध्यक्ष टिकाराम गौँडेलले माटेदेवल जनसहयोगी व्यवसायिक तथा प्राविधिक माबिले माटो सुहाउँदो शिक्षा दिईरहेको बताउनुभयो । उहाँले समूदायको चाहनाले प्राविधिक शिक्षा शुरु गरिएको जनाउँदै समूदायकै सहयोगमा बिद्यालय प्रगतिमा पुग्ने बताउनुभयो । फलेवास नगरपालिका सामूदायिक बिद्यालयको गुणस्तर बृद्धिमा लागिरहेको नगरपालिकाका प्रवक्ता समेत रहेका गौँडेलले बताउनुभयो । 

उहाँले अभिभावकहरुमा पनि बिद्यालयको शिक्षा प्रति बढि चासो हुनुपर्ने पनि बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर रेग्मीले यो बिद्यालय पर्वतकै गौरवपूर्ण बिद्यालयको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले जिल्लाभरिमै बाली विज्ञान विषयमा पठनपाठन गरेर योग्य जनशक्ति उत्पादन गर्न बिद्यालय सफल भएको रेग्मीले बताउनुभयो । 

रेग्मीले बाली विज्ञान सहित फिजिक्स, बायोलोजी, क्यामेष्ट्रि सम्बन्धि ल्याव सहित सञ्चालन भएको यो बिद्यालयले काठमाण्डौँका उत्कृष्ठ ठानिएको बिद्यालयलाई समेत पछि पार्ने हैषियत बनाएको बताउनुभयो । 


उक्त अवसरमा नेकपाका प्रतिनिधी नरनाथ सापकोटा, नेपाली काँग्रेसका वडा सभापति पुनाखर गौँडेल,  मकै जोनका कृषि अधिकृत हेमशर्मा तिवारी, गहते अम्बोट आधारभूत बिद्यालयका अध्यक्ष चेतनाथ कुँवर, धुर्व नमूना माविका प्रधानाध्यापक तुल्सीराम तिवारी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषाध्यक्ष कृष्ण शर्मा गौँडेल, मुडिकुवा उपशाखाका सभापति लिलाधर गौँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो । 

प्रधानाध्यापक रामप्रसाद रिजालले बिद्यालयको आयव्यय र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षिका शोभा केसी र बिद्यार्थी  शिशिर गौँडेलले गर्नुभएको थियो भने सञ्चालन शिक्षक अर्जुनबहादुर क्षेत्रीले गर्नुभएको थियो । उक्त अवसरमा बिद्यालयमा स्थापित गजाधर÷ पूर्णकला स्मृति छात्रवृति कोषका संरक्षक मोती शर्मा घिमिरेले बिद्यार्थीहरुलाई छात्रवृति बितरण गर्नुभयो । घिमिरेले बिद्यालयलाई १ लाख ३५ हजार बराबरका पाठ्यपुस्तक, १० हजार मुल्यको पुस्तक राख्ने दराज बिद्यालयलाई प्रदान गर्नुभयो । 

दुर्गादत्त÷ हरिकला स्मृति छात्रवृति कोष मार्फत पनि छात्रवृति र पुरस्कार वितरण गरिएको थियो । बिद्यालयले भूपू शिक्षक लिलाधर गौँडेल, दिलिप गौँडेल र भरत शर्मा सापकोटालाई सम्मान सहित बिदाई र अभिभावक लालबहादुर कुँवर र रुद्रप्रसाद तिवारीलाई उत्कष्ठ अभिभावकको रुपमा सम्मान गरेको छ । 

समाजसेवी गौरीस्वर तिवारी, रेणुका पौडेललाई पनि अभिनन्दन गरिएको छ । २०१७ सालमा स्थापना भएको यो बिद्यालयले २०७० सालमा प्राविधिक बिद्यालयको सम्बन्धन पाएको थियो । बालीबिज्ञानका ८८ सहित यो बिद्यालयमा ३०० जना बिद्यार्थी अध्ययनरत छन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)