Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1703




जलजलामा शिक्षक संघको प्रतिनिधिसभा
जलजलामा शिक्षक संघको प्रतिनिधिसभा

फागुन १८ पर्वत । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको शुक्रबार मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्या पहिचान गरि समाधानका लागि गाउँपालिका सकारात्मक भएको बताउनुभयो । 

शिक्षकहरुलाई चुनाव जित्न र पार्टिको काममा मात्रै खटाउने तर अवसर आउँदा वास्ता नगर्ने प्रवृतिको अन्त्यका लागि आफुले भूमिका खेल्ने मल्लले बताउनुभयो । अध्यक्ष मल्लले शैक्षिक विकास र सुधारका लागि गाउँपालिकाले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले शिक्षकहरुको योगदानलाई कसैले भुल्न नुहने बताउनुभयो । उहाँले शिक्षकहरु ज्ञानको ज्योती फैलाउने दीप रहेको बताउँदै शिक्षकहरुलाई इमान्दार भएर सेवामा समर्पित हुन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस जलजला गाउँपालिकाका संयोजक चन्द्रबहादुर क्षेत्री, गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्द खत्री, शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष मुरारी शर्मा, जिल्ला सदस्य हरिनारायण रेग्मीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । 

शिक्षक संघको जलजला गाउँपालिकाका अध्यक्ष भवानीशंकर पौडेलको अध्यक्षता, सहसचिव लक्ष्मी आचार्यको सञ्चालन र माया अधिकारीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)