Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1491




तेक्वाण्डो खेलमा पर्वतको सफलता
तेक्वाण्डो खेलमा पर्वतको सफलता

फागुन १८ पर्वत । आठौं राष्ट्रिय खेलुकुदको छनौटका लागि भएको तेक्वाण्डो खेलमा पर्वतले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । गण्डकी प्रदेश स्तरिय छनोट खेलमा पर्वतका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि राष्ट्रिय खेलका लागि छनोट भएका जिल्ला खेलकुद विकास समिति पर्वतले जनाएको छ । 

समितिका अनुसार विभिन्न समूहका बीच भएको प्रतिस्पर्धा अन्तर्गत ६३ केजी समूहमा गणेश सिलुवाल, ७४ केजी समूहमा ईश्वर नेपाली, ८० केजी समूहमा लगन श्रेष्ठ, ८७ केजी समूहमा उत्तम मल्ल र ८४ केजी समूहमा दिपक फगामी पुन प्रथम स्थान हाँसिल गरि छनोट भएका हुन् । 

यस्तैगरि ५८ केजी समूहमा गणेश नेपाली दोस्रो भए भने महिलातर्फ ४६ केजी समूहमा सोनिया माझी र ६७ केजी समूहमा अनिसा सुबेदीले दोस्रो स्थान हाँसिल गरेका छन् । यस्तै तृतीय स्थान हाँसिल गर्न सफल भएका खेलाडीहरुमा ५७ केजी समूह महिलातर्फका प्रकृति अधिकारी, ६८ केजीमा पुरुषतर्फ सुजन रोक्का रहेकाछन् । 

साथै पुन्से महिलातर्फ सोनिया माझी, जसिका महतो, ज्योती क्षेत्री र आस्था शर्मा रहेका छन् भने पुरुषतर्फ समिर थापा मगर, मिलन विक र प्रशन्न परियार रहेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङ्गले जानकारी दिनुभयो ।   


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)