Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1476




पञ्चासे केवलकारमा प्रवासीले ४० करोड लगानी गर्ने
पञ्चासे केवलकारमा प्रवासीले ४० करोड लगानी  गर्ने

फागुन १८ पर्वत । पर्वत, कास्की र स्याङजाको सिमानामा निर्माणाधिन पञ्चासे केबलकारमा प्रवासी नेपालीहरुले ४० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तरािष्ट्रय पर्वत समाजले यूएईमा आयोजना गरेको भेलामा जम्मा भएका प्रवासीहरुले लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । हाल केवुलकार निर्माण चरणमा प्रबेश गरेको छ । पोखरा महानगरपालिका –३३ घाँटीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकार सहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ ।

यूएईमा भेला भएका एनआरएनका अध्यक्ष भवन भट्ट सहितको टोलीले केवलकारमा लगानी गर्ने निर्णय गरेका हुन् । पञ्चासे केवलकार गण्डकी प्रदेशकै सबैभन्दा ठुलो परियोजना भएकोले बिभिन्न देशमा रहेका गैह्र आवासिय नेपालीले लगानीको प्रतिबद्धता ब्यक्त गरेको पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘केवलकार परियोजनालाई असाध्यै राम्रो परियोजनाको रुपमा सहयोग गर्ने प्रतिबद्धता पाईयो,‘ भेलामा सहभागी भएका अध्यक्ष शर्माले भने,‘भेलामा सहभागी पर्वतबासी र अन्य गैह्र आवासीय नेपालीले समेत स्वत स्र्फुत रुपमा लगानी गर्न प्रतिबद्धता जनाउनु भएको छ ।’ देश सम्बृद्ध बनाउने राम्रो एजेण्डामा उहाँहरुको सकारात्मक प्रतिबद्धता सहित लगानीको गर्ने योजना बनाएको उनले बताए । 

अध्यक्ष शर्माले दिएको जानकारी अनुसार अष्ट्र््ेलियामा बस्ने पर्वतेलीले २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन । बेलायत लगायतका युरोपेली देशबाट १० करोड लगानी गर्ने प्रतिबद्धतता आएको छ भने पर्वत समाज कतारबाट २ करोड, पर्वत समाज बेल्जियमबाट १० करोड लगानीको प्रतिबद्धता आएको छ ।  कास्की समाज संग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए । गैह्र आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष शर्माले जानकारी दिए । 

केबलकार साढे ११ अर्ब रुपैयाँ लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर संकलन गर्ने लक्ष्य छ । ४ अर्ब ५५ करोड शेयर मध्ये  २ अर्ब ७३ करोड प्रर्बद्धक शेयरबाट संकलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देशबिदेशमा लगानी जुटाउने काम भैरहेको छ । १ अर्ब ८२ करोड भने  शेयर निस्कासनबाट संकलन गर्ने लक्ष्य छ । कम्पनीले प्रभावित गाउँमा न्युन आय भएका सर्बसाधरणका लागि रोजगारी सहित शेयर बितरणका लागि शिबीर समेत सञ्चालन गरिरहेको छ ।

कम्पनीले कुश्मा नगरपालिकाको आर्थर, मोदी गाउँपालिकाको चित्रे र राम्जामा शिबीर सञ्चालन गरिसकेको छ भने आँधीखोला गाउँपालिकाको बाङसिङ, फेदीखोला गाउँपालिकाको बाँगे फड्के, पोखरा महानगरपालिकाको भदौरे र चापाकोट तथा अन्नपुर्ण गाउँपालिकाको सल्यानमा समेत शिबीर सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।  २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ ।  


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)