Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

3149




पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा
पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा

रोशन तिवारी फागुन १९ पर्वत । पर्वतको पैयुँ गाउँपालिका –७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान चलेको छ । जिल्लाकै दोस्रो बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । 

भोर्लेलाई आगामी २०७६ जेठ महिनाभित्र बालमैत्री शासन सहितको वडा घोषणा गर्ने तयारी रहेको वडा सचिव सरिता परियारले जानकारी दिनुभयो । बालमैत्री वडा बनाउन ३९ वटा सूचक तय गरेर विभिन्न अभियान चलाईएको छ । वडाभित्रका ३९६ घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय र सार्वजिनक स्थलमा बालमैत्री संरचना र पूर्वाधार निर्माण गर्ने काम भैरहेको सचिव परियारले बताउनुभयो । 

वडामा हालै आधारभूत सर्वेक्षण गर्दा १९ वटा सूचक पुरा भएको पाईएको छ । अव बाँकि रहेका २० वटा सूचक पुरा गर्ने अभियानमा रहेको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो । गुरुङका अनुसार यहि वर्षको चैत्र मसान्तमा वडालाई बालमैत्री घोषणा गर्ने योजना रहेपनि तयारी नपुगेपछि आगामी वर्षको जेठसम्म घोषणा गर्ने तयारी भएको हो । अरु सुचक पुरा भएपनि अव स्वास्थ्य र शिक्षाका पूर्वाधार तयार पार्न वडा केन्द्रित भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । 

वडामा फागुन १५ देखि १८ गतेसम्म सहभागितामुलक योजना तर्जुमा सम्पन्न भएको छ । योजना तर्जुमा कार्यक्रमको सहजीकरण बालमैत्री शासनका बिज्ञ मधुसुधन अधिकारी, डा. कमल फुयाँल र रामशरण आचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा वडाभित्रका सबै प्रगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव संकलन  भयो । बिज्ञहरुले बालमैत्री शासन, बाल महासन्धी, बालबालिकाका पक्षमा भएका हक अधिकारहरुको बारेमा जानकारी दिनुभयो । सर्वेक्षणकर्ता १४ जनालाई सम्मान पनि गरियो । वडाले पञ्चवर्षिय योजना तयार पारेको छ । यसमा पनि बालमैत्री वडा पहिलो प्राथमिकतामा रहेको छ । सोहि योजना अनुसार वडाले विभिन्न कृयाकलाप गर्दै आएको छ । वडाले थालेको अभियान स्थानीय जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, महिला, यूवाक्लव, शिक्षक , बिद्यार्थीहरुले हातेमालो गर्दै आएका छन् । गतवर्ष जिल्लाको पहिलो बालमैत्री वडाको रुपमा मोदी ८ चित्रे घोषणा भएको थियो । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)