Correspondent, ParbatNepal
7 years ago
2166
पर्वत । पर्वतको विकास र समृद्धका लागि अन्तराष्ट्रिय पर्वत समाज र स्थानीय तह विच हातेमालो गरेर अगडी बढ्नुपर्ने पर्वतका जनप्रतिनिधीहरुले बताएका छन् । पर्वते प्रवासीहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजले दुवईको कर्लटन टावर होटलमा आयोजना गरिएको बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
साथै कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाज र स्थानीय तहसँगको समन्वयका विषयमा छलफल गरिएको थियो । वक्ताहरुले स्थानीय तह सँगै पर्वतको समृद्धि तथा विकासमा प्रवासमा बस्ने नेपालीहरुसँग हातेमालो गर्ने बताएका छन् । उनीहरुले आर्थिक विकास र समृद्धिका लागि सबै पर्वतेहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्दै अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले पर्वतको विकास र समृद्धिमा दृढताका साथ लागि परेको बताए । प्रवासीहरुको सिप, क्षमता र लगनीलाई सदुपयोग गर्न सके समृद्धि हासिल गर्न सहज हुने भन्दै पर्वत जिल्लालाई ऐतिहासिक जिल्लाको रुपमा विकास पर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले पर्वतको विकासका लागि सवै एकजुट हुनुपर्ने बताउनु भयो । अन्तराष्ट्रिय पर्वत समाजको मुख्य एजेण्डा नै जिल्लाको विकास र समृद्धि भएको बताउँदै अब यी एजेण्डामा हामी सबै एक ठाउँमा उभिनु पर्ने उहाँको भनाई छ । संस्थाप्रति आफ्नो कुनै पनि स्वार्थ नरहेको बताउँदै आफ्नो मुख्य उद्देश्य नै जिल्लाको समृद्धिमा टेवा पु¥याउने बताउनु भयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक कूल आचार्य कुल आचार्यले समृद्ध नेपाल सँगै पर्वतले फड्को मार्ने बताउनु भयो । उहाँले पर्वतेहरुको भेलाले एकताको सन्देश दिएको बताउँदै जिल्ला सँगै मुलुकको समृद्धिका लागि ल्याउने जुनसुकै कार्यक्रममा सहयोग गर्न आफु तयार रहेको बताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिताकाफ्ले लामिछाने । नगरको विकासमा प्रवासी पर्वते सँग हातमालो गर्न तयार रहेको बताउनु भयो । नगरको विकास र समृद्धिले धेरै फड्को मारेको बताउँदै यहाँहरुको सहकार्य र सद्भावलाई आत्मसाथ गदै सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले पैयु गाउँपालिकाको लक्ष्य भनेको गाउँपालिकालाई समद्धि बनाउनु हो । उहाँले मानविय र आत्मिय विकास नभएसम्म पूर्ण विकास हुन् नसक्ने भन्दै गाउँपालिकाको जस्तो सुकै तत्परता देखाउन पनि तयार रहेको जिकिर गर्नुभयो । जलजला गाउँपालिका उपाध्याक्ष सिमा पुन, जलजला–८ नाग्लिवाङका वडाध्यक्ष विकास जिसी र जलजला –१ बाँसखर्कका वडा सदस्य युवराज पुनले जलजलाको विकासमा पर्वते प्रवासीको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । उनीहरुले जलजलाको कृषि, पर्यटन सँगै स्वास्थ्य क्षेत्रमा समन्वय गर्न सुझाव दिनुभयो । मोदी गाउँपालिका–६ का वडाध्यक्ष बिमल लामिछानेले मोदी गाउँपालिकामा लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक अर्जुनकुमार श्रेष्ठ, गोबिन्द
सुबेदी, सन्तोष जोशी (सुभाष
),मोहन शर्मा,पर्वत सेवा
समाज यूएईका संरक्षक
खिमानन्द भुर्तेल लगायतले शुभकामना
मन्तव्य राख्नुभएको थियो ।
पहिलो चरणमा भएको
कार्यक्रममा विभिन्न देशमा आवद्ध
पर्वत समाजका प्रतिनिधीहरुले
आफ्नो संस्थाको प्रतिवेदन
प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा पर्वत सेवा
समाज यूकेका बरिष्ठ
उपाध्याक्ष विनोद पुरी, बेल्जियमका
अध्यक्ष झलक केसी,
नेदरल्याण्डका अध्यक्ष नरवहादुर रोका,
यूएईका महासचिव कमल लामिछाने,
कतारका सचिव शेषराज
तिमिल्सीना,अन्तराष्ट्रिय पर्वत समाजकी नेपाल प्रतिनिधी मुना भुषाल लगायतले प्रतिवेदन प्रस्तुत
गर्नुभएको थियो ।
प्रतिवेदनमा वक्ताहरुले जिल्लाको विकास
र समृद्धिमा प्रवासीहरुले
इट्टा थप्ने काम
गरेको जिकिर गर्नुभयो
।
अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पर्वत सेवा समाज यूएईका अध्यक्ष परशुराम पौडेल र कार्यक्रमको संचालन अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन अन्तराष्ट्रिय पर्वत समाजका सह–कोषाध्यक्ष विनोद पुरी, प्रतिवेदन संरक्षक एवम् सल्लाहकार सुभाष जोशी र धन्यवाद मन्तव्य झलक केसीले राख्नुभएको थियो ।
