Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1723




मल्याङ्दीखोलामा भजन प्रतियोगिता
मल्याङ्दीखोलामा भजन प्रतियोगिता

फागुन २१ पर्वत ।  पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित मल्याङदीखोलामा रहेको सिसाठाँटी सिद्धी बिनायक मन्दिरमा शिवरात्रीको अवसरमा भजन किर्तन प्रतियोगिता गरिएको छ । सिसाठाँटी सिद्धी बिनायक मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा दीपज्योती आमा समूहको भजन समूह पहिलो भएको छ । 

सिमखेत भजन समूह दोस्रो, सत्संग समाज शंकरपोखरी तेस्रो र गणेश टोल भजन मण्डली सान्त्वना भएको आयोजकले जानकारी दिएको छ । स्थानीय क्रियाशिल यूवा प्रताप अधिकारी संयोजक, रमेश क्षेत्री र विष्णु सुबेदी सदस्य रहेको भजन प्रतियोगिताको निर्णायक समितिले भजन प्रतियोगिताको नजिजा उतारेर सार्वजनिक गरेको थियो । 

उक्त अवसरमा प्रतियोगितामा उत्कष्ठ भएका समूहलाई पुरस्कार वितरण गरिएको छ भने मन्दिरको विकासमा हरतरहले सहयोग गर्ने माहानुभावहरुलाई प्रसंसापत्र र सम्मानपत्रले सम्मान गरिएको छ । शिवरात्रीको अवसरमा सिद्धीबिनायक मन्दिरमा सामूहिक पूजाआजा पनि भएको छ । 

भजन प्रतियोगिता कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी फलेवास ३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले सिँसाठाटीको ऐतिहाँसिक महत्वलाई जोगाई राख्नु सबैको साझा कर्तव्य भएको बताउनुभयो । उहाँले सिसाठाँटीबाट वारपार गर्न मल्याङदीखोलामा पुल बनाउने पहल शुरु भएको र सिसाठाटीमा मोटरबाटो ल्याउन पनि पहल भएको जानकारी दिनुभयो । कार्किले फलेवास नगरपालिका र कुश्मा नगरपालिकाको सिमानामा रहेको सिसाठाटी दुबै नगरको प्राथमिकतामा पर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 


उक्त कार्यक्रममा कुश्मा नगरपालिका १० पिपलटारीका वडाध्यक्ष सुजन विक, नेकपाका नेता मनरुपा सुबेदी, नेपाल भूपू सैनिक संघका जिल्ला अध्यक्ष खड्कबहादुर कार्की, नेकपा कुश्मा नगरपालिका १० का सचिव रामचन्द्र सुबेदी , नेपाली काँग्रेस कुश्मा नगरपालिका १० का सभापति विष्णुहरी तिवारी, अधिकारी वंश प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य गोबिन्द अधिकारी, प्रेस यूनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी, सत्संग समाज शंकरपोखरीका सचिव हरिप्रसाद तिवारी, नमूना महिला विकास समूहका अध्यक्ष मैना कार्की , सिमखेत यूवा क्लवका अध्यक्ष एवम्ं तरुण दल फलेवासका उपाध्यक्ष सरोज खनाल, दिपज्योती भजन मण्डलीका प्रमखु अनिता लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रम सिसाठाँटी सिद्धी बिनायक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सहसचिव शिव अधिकारी र सञ्चालन सचिव महेन्द्र कार्किले गर्नुभएको थियो । 

अध्यक्ष हेमप्रसाद अधिकारीले सिसाठाँटी बिगत पाँच बर्ष अगाडी सम्म भग्नावशेषमा परिणत भएकोमा आफुहरु मिलेर संरक्षण गरेको र मन्दिर बनाएको बताउनुभयो । सिसाठाटीलाई जोगाउन स्थानीयको ठुलो सहयोग रहेको बताउनुभयो । अधिकारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आफुहरु अझै समाजसेवा र अन्य समूदायका हितका कार्यक्रममा सहभागी हुने बताउनुभयो । सिमखेत यूवा क्लवले सिसाठाँटी सिद्धी बिनायक मन्दिरलाई डस्टविन सौजन्य गरेको छ । क्लवले गाउँभरि डस्टविन बितरण गर्ने लक्ष्य लिएको छ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)