Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1672




पर्वतका सवै पशु प्राविधिकलाई उपकरण
पर्वतका सवै पशु प्राविधिकलाई उपकरण

पर्वत – पर्वत जिल्लामा कार्यरत एक गाउँ एक पशु सेवा प्राविधिकलाई उपकरण वितरण गरिएको छ । एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका ७ वटै स्थानिय तहका वडाहरुमा कार्यरत २३ जना पशुसेवा प्राविधिकलाई शनिवार पशु सेवा सम्बन्धी उपकरणहरु वितरण गरिएको हो ।

प्राविधिकहरुलाई पशुहरुको उपचार गर्नमा सहज होस भन्दै उपकरणहरु वितरण गरिएको हो । प्राविधिकलाई पोस्टमार्टम सेट, माईक्रोसकोप,सेन्ट्रीक्युगल मेसीन , खसीपार्ने मेसीन,सर्जिकल सामाग्री लगाएत करिब ८ लाख बराबरको पशु सेवा सम्बन्धी सामग्रीहरु वितरण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । साम्रागीहरु वितरण गर्दे गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापा मगरले  गण्डकी प्रदेशले कृषि र पशुलाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो ।

प्रदेशमा व्यावसायिक किसान तथा सहकारीको माध्यमवाट दूध उत्पादनमा टेवा पुग्ने र आगामी ३ वर्षमा आयातलाई प्रतिस्थापन गर्दै ५ वर्षपछि निर्यात गरिने मन्त्री थापाको भनाई छ । उहाँले प्राविधिकहरुको समस्यालाई न्यूनिकरण गर्न पहल गर्ने बताउनु भयो ।

नयाँ नयाँ प्रविधीहरु भित्रिदै गएकोले जनताको घरदैलोमा पुगी उचीत तरीकाबाट पशुहरुको उपचार गर्नका लागी प्राविधिकलाई आग्रह गर्नुभयो । वितरण गरिएका सामाग्रीहरु प्रयोगको बारेमा पशुपन्छी रोग अन्बेषण प्रयोगशाला पोखराका प्रमुख डाक्टर केदारराज पाण्डेले जानकारी गराउनु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशमी साँसद जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि.पौडेल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशक डाक्टर मनवहादुर पुन, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, लोकनाथ पौडेल, एक गाउँ एक पशु सेवा प्राविधिक जिल्ला संयोजक होमप्रसाद भुर्तेल लगायतले बोल्नुभएको थियो ।

पशुपन्छी रोग अन्बेषण प्रयोगशाला पोखराका प्रमुख डाक्टर केदारराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको भएको स्वागत मन्तव्य कुश्मा नगरपालिका पशु सेवा शाखा प्रमुख रामजीप्रसाद पौडेल र कार्यक्रमको संचालन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निलकण्ठ शर्माले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)