Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1570




अन्तराष्ट्रिय पर्वत समाजले अक्षकोष स्थापना गर्ने
अन्तराष्ट्रिय पर्वत समाजले अक्षकोष स्थापना गर्ने

पर्वत अन्तराष्ट्रिय पर्वत समाजले जिल्लामा आउने भईपरी समस्या निराकरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्ने भएको छ । यूएईमा गत शनिवार सम्पन्न भएको भेलाले जिल्लाको मध्यपुर्वमा रहेका पर्वतेलाई सहयोग गर्ने अक्षयकोष स्थापना गर्ने लागेको हो ।

अक्षयकोष संचालनका लागि चाहिने विधि पद्दती र कार्यतर्जुमाका विषयमा समिक्षा बैठकमा छलफल गरिने अन्तराष्ट्रिय पर्वतसमाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । अक्षयकोषको व्याजवाट जिल्लाको मध्यपुर्वमा आउने भईपरी समस्यामा परेका वा प्राकृतिक प्रकोपवाट प्रभावित भएकालाई सहयोग गर्ने  अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष गिरीले बताउनु भयो ।

साथै अन्तराष्ट्रिय पर्वत समाजमा आवद्ध विभिन्न देशमा रहेका ११ वटा संस्था प्रतिनिधी यूएईमा भेला भएर प्रसुती गृह निर्माणमा आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् । समाजका महासचिव गुणराज शर्माका अनुसार जलजला गाउँपालिका ७ मिलनचोक, फलेवास नगरपालिका १ कार्किनेटा र पैयुँ गाउँपालिकाको ४ हुवासमा प्रसुती गृह निर्माण गरिने भएको छ ।

स्थानीय सरकार संग सहकार्य गरि १ वर्ष्िभत्र तीन ठाउँमा प्रसुती गृह बनाईने निर्णय भएको शर्माले बताउनुभयो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)