Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1569




मध्यपहाडी राजमार्गको काम प्रति सरोकारवालाहरुको चासो
मध्यपहाडी राजमार्गको काम प्रति सरोकारवालाहरुको चासो

चैत २ पर्वत । मध्यपहाडी राजमार्गको पर्वत खण्डको काम तिव्र गतिमा गर्न सरोकारवालाहरुले सचेत गराएका छन् । मर्मतको काम भैरहेकाले यात्रा असहज हुँदै आएको छ । ठाउँ ठाउँमा चट्टान सहितको पहाड, पहरा र घुम्ती कटानको काम भैरहँदा सडकमा यात्रा गर्दा जोखिम भईरहेको छ । ठाउँ ठाउँमा सडकमा निर्माण सामग्री थुपिरिँदा सवारीसाधानहरुलाई गुडाउन समस्या भैरहेको छ । पर्वतका सरोकारवालाहरुले आयोजना पक्षलाई चाँडो काम सम्पन्न गर्न अनुरोध गर्दै गुणस्तरमा बिशेष ध्यान दिन सचेत गराएका हुन् ।  धौलागिरीका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्ग संग सम्पर्क जोड्ने यो सडक हाल मर्मतको क्रममा रहेको छ । गत २०७४ चैतबाट मर्मतको काम शुरु भएर अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ । 

सदरमुकाम कुश्मामा सरोकारवालाहरु बिच छलफल भएको थियो । संघीय साँसद पदम गिरीले गिरीले आगामी बर्षात अगावै सडकको निर्माण कार्य लाई निश्कर्षमा पुराउन आग्रह गर्नुभएको थियो । सडक अवरुद्ध हुँदा सर्वसाधारणहरुलाई समस्या भएको भन्दै रातीको समयमा काम गरेर दिउँसो अवरोध नगर्न पनि गिरीले सुझाव दिनुभयो ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले निर्माणको काम तिव्रं गतिमा भैरहेको अवगत गराउनुभयो । मगरले पर्वत खण्डको काम तिव्र रुपमा चलेको र कास्की लुम्ले, काँडे खण्डमा कालोपत्रे सक्ने गरी काम अघि बढेको बताउनुभयो । बर्षातको समय सडक अवरुद्ध हुने भएकाले निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाइएको मगरले बताउनुभयो । 

आगामी असार मसान्त सम्म पर्वत खण्डमा ८० प्रतिशत काम सक्ने गरी योजना गरिएको समेत उहाँले बतायनुभयो ।  छलफलमा जिल्ला समन्वय प्रमुख मनोहर वि.पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिकाका जनप्रतिनिधी, उद्योग बाणिज्य संघ लगायत अन्य संस्थाका प्रतिनधिी सहभागी भएका थिए । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)