Correspondent, ParbatNepal
7 years ago
1511
चैत्र ४, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विकास निर्माणका योजनामा रकम अभाव हुन नदिने बताउनु भएको छ । शनिवार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले आफु लामो समयदेखि पर्वतको विकासका बारेमा चिन्तित र सक्रिय समेत रहेको बताउनु भयो ।
‘तपाईहरु काम गर्नुहोस् बजेट ब्यवस्थापनको जिम्मा म लिन्छु, तिमिल्सीनाले भन्नुभयोे ‘साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारवाट र ठुला योजनाहरु संघीय सरकारले हेर्ने भएकोले तीनै तहको समन्वय र सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताउनुभयो ।
साथै उहाँले जिल्लामा संचालित भौतिक पुर्वाधार निर्माणका योजनाहरु समयमै सम्पन्न गर्न र तोकिएको मापदण्ड र गुणस्तरमा कुनै तलमाथि नगर्न निर्देशन समेत दिनुभएको हो । उहाँले जिल्लामा संचालित विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह समेत गर्नुभयो । अबका दिनहरु मुलुकको आर्थिक समृद्धि र विकास निर्माण गर्ने भएकाले चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न र शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको हो ।
उहाँले कुनैपनि बहानामा बिनीयोजित रकम र संघ, प्रदेश र स्थानीय सरकारवाट संचालित भएका योजनाहरुमा ढिलासस्ती गर्न नपाईने बताउँदै अध्यक्ष तिमिल्सिनाले जति छिटो काम सम्पन्न भयो उतिनै निर्माण पक्ष र राज्य पक्ष दुवैलाई दोहोरो फाईदा पुग्ने बताउनुभयो ।
