Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1607




विकासका काम कुनै बाहनामा रोकिनुहुन्न : तिमिल्सिना
विकासका काम कुनै बाहनामा रोकिनुहुन्न : तिमिल्सिना

चैत्र पर्वत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि बाहनामा विकासका काम रोकिन नहुने बताउनुभएको गृहजिल्ला पर्वतमा आज ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनुभएका तिमिल्सीनाले विकासका काम कुनै पनि बाहनामा रोकिनु देशकै लागि दुर्भाग्य हुने बताउनुभएको हो उहाँले बजेटको अभाव हुन नदिन सरकारले चासो दिनुपर्ने निर्माण पक्षले तोकिएकै समयमा काम सक्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो

अबका दिनहरु मुलुकको आर्थिक समृद्धि विकास निर्माण गर्ने भएकाले चालु योजनाहरुलाई तोकिएकै समयमा सम्पन्न गर्न शुरु हुन नसकेका योजनाहरुलाई तत्काल शुरु गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो अध्यक्ष तिमिल्सिनाले आफु लामो समयदेखि पर्वतको विकासका बारेमा चिन्तित सक्रिय समेत रहेको बताउँदै भन्नुभयो,– ‘तपाईहरु काम गर्नुहोस् बजेट ब्यवस्थापनको जिम्मा लिन्छु उहाँले साना योजनाहरु स्थानीय सरकारबाट, मध्यम खालका प्रदेश सरकारवाट ठुला योजनाहरु संघीय सरकारले हेर्ने भएकोले तीनै तहको समन्वय सहकार्यबाट जिल्लाको समग्र विकासलाई गति दिनुपर्ने पनि बताउनुभयो अध्यक्ष तिमिल्सिनाले अबको पाँच वर्षमा पर्वतमा विकास निर्माणले काँचुलि फेर्ने बताउँदै त्यसका लागि आम नागरिकले पनि तल्लो तहदेखिनै खबरदारी गर्नुपर्ने बताउनुभयो

योजनाहरु गुणस्तरीय हुनुपर्छ, तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ भन्ने विषयमा सरकार जिम्मेवार भएर लागेको बताउँदै अब ठेक्का ओगट्ने विभिन्न बहानावाजी बनाएर काम नगर्ने प्रबृति त्याग्न पनि आग्रह गर्नुभएको विकास निर्माणका योजनाहरुमा राम्रो काम गर्नेलाई राज्यले सम्मान गर्ने नराम्रो काम गर्नेलाई कारवाहि गर्ने भएकाले सोहि अनुसार दिन दोगुना, रात चौगुना देखिने गरी काम गर्न आग्रह गर्नुभयो उहाँले विकास निर्माण कामा अबरोध नपु¥याउन समेत आग्रह गर्नुभएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)