Correspondent, ParbatNepal
7 years ago
1589
चैत्र ४, पर्वत । डिभिजन वन कार्यालय पर्वतले विभिन्न ठाउँमा बाँदर आतंकको नाममा बन फाँडानी भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय
तहको निर्णय भन्दै
कुश्मा नगरपालिका र फलेवास
नगरपालिकाका विभिन्न वडामा रुख
काट्ने काम धमाधम
भैरहेको छ ।
जथाभावी बन काट्दा
गम्भिर प्रतिकूल वातावरणीय समस्या
उत्पन्न हुनसक्ने र अर्कातिर
ब्यक्तिको सहमति विना त्यसरी
रुख कटान गर्दा
ब्यक्तिको सम्पत्ति र स्वच्छ
वातावरण सम्बन्धि हक समेत
हनन् हुनसक्ने भएकोले
विधि र प्रक्रिया
पुराई ब्यक्तिको सम्पत्ति
र वातावरणीय स्वच्छता
सम्बन्धि हक समेतलाई
मध्यनजर राखि आफ्नो
अधिकारक्षेत्र भित्र रहेर कार्य
गर्न गराउन बन
डिभिजन कार्यालयले अनुरोध गरेको
छ ।
फलेवास
नगरपालिका ४ मुडिकुवा,
३ शंकरपोखरी, कुश्मा
नगरपालिका ९ कटुवाचौपारी
र १० पिपलटारीमा
रुख कटानको काम
एक महिना देखि
चलिरहेको छ ।
बन कटानको क्रममा बनको अनुमती नलिएको हुनाले समस्या उत्पन्न हुन सक्ने बन कार्यालयले जनाएको छ ।
