Correspondent, ParbatNepal
7 years ago
1589
साजन
परियार साउन ९
पर्वत । पर्वतमा
यो बर्षको एसईइ
परिक्षामा १८ जना
बिद्यार्थी परिक्षा दिन बञ्चित
भएका छन् ।
जिल्ला शिक्षा तथा समन्वय
इकाईका प्रमुख उद्धिमराज पौडेलले
नियमित विद्यालयमा ७५ प्रतिशत
हाजिरी नपुगेको र अन्य
कारणले अयोग्य हुँदा माध्यमिक
शिक्षा परीक्षाबाट उनी बञ्चित
हुनुपरेको बताउनुभयो । परिक्षाबाट
बञ्चित हुनेमा छात्र १०
र छात्रा ८
जना रहेका छन्
।
जिल्लामा यसवर्षको परिक्षामा पर्वतमा १९ वटा केन्द्र तोकिएको छ । पर्वतमा परिक्षा दिने बिद्यार्थीको संख्या २ हजार ८ सय ७५ रहेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रको संख्या १ हजार ४ सय ८ र छात्राको संख्या १ हजार ४ सय ६७ रहेको छ ।
१९ केन्द्रमा १९ जना केन्द्राध्यक्ष, २० सहायक केन्द्राध्यक्ष, १४४ निरीक्षक, २८ जना सहायक कर्मचारी, ५८ जना सहयोगी र एउटा केन्द्र्रमा अधिकतम १५ जना प्रहरी खटिने भएका छन् । होम सेण्टर कुनै पनी बिद्यालयमा छैन । प्रश्नपत्र र पुस्तिकाहरु परिक्षा केन्द्र नजिकैको प्रहरी चौकीमा पुगिसकेको जनाइएको छ । केन्द्राध्यक्षहरु पनि केन्द्रमा पुगेर सबै तयारी पुरा गरेका छन् ।
