Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1528




जिल्ला प्रहरी कार्यालयमा ८ महिनामा एक सय ३७ मुद्धा दर्ता
जिल्ला प्रहरी कार्यालयमा ८ महिनामा एक सय ३७ मुद्धा दर्ता

जिल्ला प्रहरी कार्यालय पर्वतमा पछिल्लो ८ महिनाको अवधिमा कूल १ सय ३७ वटा विभिन्न प्रकृतिका मुद्धाहरु दर्ता भएका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा १ सय ४७ दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सबैभन्दा बढि मुद्धा सार्वजनिक अपराधका रहेको प्रहरीले जनाएको छ ।

त्यसपछि घरेलु हिँसा, बलत्कार, चोरी, डकैती, लागुऔषध, मदिरा, जुवातास, आत्माहत्या , ज्यान मार्ने उद्योग लगायतका मुद्धाहरु बढि रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । अधिकाँश मुद्धा उपर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

किर्ते सम्बन्धि मुद्धाहरु पनि पर्वतमा देखिएको रायमाझीले बताउनुभयो । प्रहरीले गत कार्तिक देखि प्रहरी समूदाय साझेदारी कार्यक्रम सञ्चालन गरेपछि मुद्धा बढेका छन् भने मानिसहरुको चेतना समेत बढेको छ । मुद्धा बढि आउनु भनेको समाजमा चेतना बढेको अर्थमा प्रहरीले बुझेको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)