Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1601




कालीगण्डकी लोकमार्ग मर्मतका लागि बन्द
कालीगण्डकी लोकमार्ग मर्मतका लागि बन्द

चैत १५ पर्वत । कालीगण्डकी लोकमार्गको मर्मतका लागि एक हप्ता आवातजावत बन्द गरिने भएको छ । सडक अन्तरगत पर्वत जिल्लाको विहादी गाउँपालिका १ बाच्छा देखी दुर्लाङसम्म जोड्ने मोटरवाटो एक हप्ता बन्द हुने भएको हो । 

खबराको भीरमा पहिरो गएपछि मर्मतका लागि बाटो बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । आज देखी आगामी २२ गतेसम्म मोटरवाटो बन्द गरेर काम गर्न थालिएको आयोजना प्रमुख हरिराम दिक्षितले जानकारी दिनुभयो । 

मोटरवाटो निर्माण गर्नका लागि एक हप्ता लाग्ने निर्माण दिक्षितले बताउनुभयो । भीरमा पहिरोले जोखिम रहेकाले भीरमा टेवा पर्खाल बनाउन लागिएको हो । बाटो बन्द भएपछि सदरमुकाम जाने आउने यात्रुहरु समस्यामा परेका छन् । 

सडकमा आवाजावत बन्द गर्दा बिहादी गाउँपालिका १ बाच्छा वाहेक सबै वडा र पैयुँ गाउँपालिकाका बासिन्दालाई असहज हुन्छ । कालीगण्डकी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । पर्वत खण्ड फराकिलो बनाउने काम धमाधम भैरहेको छ । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)