Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1580
पर्वतमा विप्लब नेकपाका जिल्ला नेता पक्राउ
चैत्र १५, पर्वत । विप्लब नेतृत्वको नेकपाका एक जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं। ७ लिमिठानाका धर्म पौडेल शुक्रवार विहान पक्राउ परेका हुन ।
नेकपा पर्वतका जिल्ला सदस्य समेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लब नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ । केहि दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लबका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2395
सम्बन्धित समाचार ( मुख्य खबर)
