Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2091




पर्वतका फरक क्षमता भएका व्याक्तिलाई ह्विलचियर बितरण
पर्वतका फरक क्षमता भएका व्याक्तिलाई ह्विलचियर बितरण

चैत्र १५, पर्वत लायन्स क्लव अफ कुश्मा सिटी पर्वतले पर्वतका तीनजना फरक क्षमता भएका व्याक्तिलाई ह्विलचियर बितरण गरेको छ ।

आज आयोजित एक कार्यक्रममा उनीहरुलाई ह्विलचियर बितरण गरिएको हो । ह्विलचियर पाउनेमा कुश्मा नगरपालिका ५ का पक्षघात भएका ४० वर्षिय उत्सव श्रेष्ठ, २२ वर्षिय सुरक्षा श्रेष्ठ र पैयुँ गाउँपालिका ४ हातेमालेचोकका ४२ वर्षिय किसान रिजाल रहेका छन् ।

श्रेष्ठ द्धय पक्षघातका कारण हिँडडुलमा समस्या भएका व्याक्ती हुन भने रिजाल रुखबाट लडेर अपाङग भएका हुन्  ह्विलचियर वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रबहादुर रिमाल, मन्त्री गोबिन्द पराजुली,लायन्स क्लवका को चिफ काशीकुमार जोशी, सिनियर एडभाईजर बसन्तकुमार कर्माचार्य, लायन्स लिडर डाक्टर चुडामणी शर्मा, लेखनाथ उपाध्याय, ब्रिजसिटीका अध्यक्ष विमल शर्मा पौडेल, कुश्मा सिटीका पूर्व अध्यक्ष वविता कर्माचार्य, चित्रकला शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशुले फरक क्षमता भएका, विपन्न तथा समस्यामा परेका नागरिकहरुको सहजताका लागि क्लवले विभिन्न कार्यक्रम सञ्चालन र राहात वितरण गर्दै आएको बताउनुभयो ।

 कार्यक्रमको सञ्चालन क्लवका कोषाध्यक्ष प्रभारत्न जोशीले र स्वागत दित्तिय उपाध्यक्ष राममाया श्रेष्ठले गनुर््भएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)