Correspondent, ParbatNepal
7 years ago
1632
चैत्र १५, पर्वत । पर्वतको कुश्मामा आयोजित श्रीमद् शिवपूराण, सामूहिक तुलादान एवं कोटीहोमका लागि जलजला गाउँपालिका स्तरिय सहयोग समिति गठन भएको छ । जलजला गाउँपालिका ७ मिलनचोकमा आज भएको भेला मार्फत समिति गठन भएको हो ।
गाउँपालिका स्तरिय सहयोग समितिको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल चयन हुनुभएको छ । उपाध्यक्षमा गाउँपालिकाका उपाध्यक्ष सीमा गर्वुजा पुन, सचिवमा प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्मा रहनुभएको छ । सहसचिवमा वडा नम्बर १ का अध्यक्ष तुल्सीराम शर्मा र सदस्यहरुमा देबेन्द्रबहादुर भण्डारी, गोबिन्द खत्री, भिष्म मल्ल, तिलकबहादुर जिसी, होमबहादुर फकामी, टुंगनाथ शर्मा, हरिविकास जिसी र गौवहादुर पूर्जा पुन रहनुभएको छ । सदस्यहरु सबै वडाका अध्यक्ष हुन् ।
अन्य सदस्यहरुमा माया शर्मा, वालकुमारी जिसी, कोपिला बरुवाल, लक्ष्मी सुनार, दिनेश नेपाली, ज्योती विक छन् । उनीहरु कार्यपालिका सदस्यहरु हुन् । सहयोग समितिमा गाउँपालिकाको सिँगो टिम परेको छ । उद्योगी चित्रराज रेग्मी र लेखनाथ रेग्मी पनि सदस्य रहनुभएको छ । समिति गठन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष एवं सहयोग समितिका अध्यक्ष यामबहादुर मल्लले पर्वत जिल्लालाई चिनाउने यो यज्ञलाई आफुले व्याक्तिगत रुपमा मुल समितिको सदस्य भएर एकलाख रुपैयाँ र समग्र गाउँपालिकाको तर्फबाट पनि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताउनुभयो ।
यो महायज्ञबाट आफु पूर्ण रुपमा प्रभावित भएको भन्दै मल्लले सफल बनाउन सबै गाउँबासीलाई अनुरोध गर्नुभयो । कार्यक्रमको बारेमा प्रकाश पार्दै यज्ञ आयोजक मुल समितिका संयोजक पृथ्वीनारायण शर्माले पार्वतीको जन्मथलोको रुपमा पर्वतलाई चिनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले हिन्दु धर्मका तथ्यलाई बिज्ञानले समेत अगिंकार गरेको दाबी गर्दै हिन्दु धर्मका भित्रि रहस्यका बारेमा जानकारी गराउनुभयो । सल्लाहकार लोकनाथ आचार्यले यस्तो कोटिहोम तथा तुलादान कार्यक्रम विगतमा कहिल्यै पनि नभएको र भोलीका दिनमा पनि बिरलै हुने बताउनुभयो ।
उहाँले पर्वत जिल्लाले गर्व गर्न लायक यज्ञ सञ्चालन हुन लागेको बताउनुभयो । कार्यक्रमको सञ्चालन महासचिव अच्यूत तिवारीले गर्नुभएको थियो ।
