Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1575




विरामीहरुलाई फलफुल वितरण गरी पत्रकार महासंघको स्थपना दिवस मनाइयो
विरामीहरुलाई फलफुल वितरण गरी पत्रकार महासंघको स्थपना दिवस मनाइयो

पर्वत जिल्ला अस्पताल पर्वतका बिरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा पर्वत शाखाले जिल्ला अस्पताल पर्वतका विरामीलाई फलफुल वितरण गरिएको हो

 बिरामीहरुलाई आत्मबल बढाउन तथा समाजमा सकारात्क सन्देश प्रवाह गर्नको लागि फलफुल वितरण गरिएको नेपाल पत्रकार महासंघ पर्वत शाखाका सचिव गणेश गिरीले जानकारी दिनुभयो कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लरामकृष्णले राज्यमा सबै ब्यब्स्था परिवर्तन गर्न पत्रकार्को भुमिका रहेको बताउनु भयो



पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै देशमा कुनै सम्स्या आउन नदिन वाच डकको भुमिका निभाउन आग्रह गर्नुभयो राज्यको चौथो अंगको रुपमा जनप्रतिनिधीलाई  खबरदारी गर्न समेत आग्रह गर्नुभयो प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पत्रकारिता समाजको दर्पण भएको बताउनु भयो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, गण्डकी उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो


नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य देवराज पुरी कार्यक्रमको सन्चालन महासंघ पर्वतका सचीव गणेश गिरिले गर्नु भएको थियो कार्यक्रममा पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)